बस दुर्घटनामा ज्यान गुमाउनेका आफन्तद्वारा सडक अवरुद्ध गर्दै प्रदर्शन

सुर्खेत । दैलेखको दरबारेभीरमा बस दुर्घटनामा ज्यान गुमाएका मृतककाे आफन्तले दैलेख -सुर्खेत सडक अवरुद्ध पारेका छन् । बस दुर्घटनामा परी मृत्यु भएका मृतकका आफन्तहरुले क्षतिपूर्तिका माग गर्दै विहानैदेखि सडक ठप्प पारेका हुन् ।

मृतकका आफन्तले सडकमा टायर बालेर सडक नै अवरुद्ध बनाउँदा दसैँ सकाएर कर्मथलो फर्केने यात्रुहरु गन्तव्यमा पुग्न नपाई अलपत्र परेका छन् ।

गत शनिबार सुर्खेतबाट कालिकोट जाँदै गरेको बस दैलेखको दरबारेभीरमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । झण्डै दर्जन बढी यात्रु घाइते भएका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *