विप्लव नेकपाका नेता चन्दको निधन

रूपन्देही । नेकपा माओवादीका महासचिव नेत्रवक्रम चन्द विप्लवका सहोदर दाइ सो पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द बिरजंगको  मृत्यु भएको छ ।

लामो समय जेलमा रहेका बीरजंग केही समयअघि रिहा भएका थिए । जेलमा रहँदादेखि नै बिरामी रहेका उनलाई थप उपचारका लागि दिल्ली लगिएको थियो ।

उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जनपत्रकार संगठनका पूर्वअध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए । उनको शव भोलि गृहजिल्ला कपिलवस्तु ल्याउने डुम्रेले जानकारी दिए । महासचिव विप्लव केही समयदेखि कपिलवस्तुमा रहेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *