‘स्वप्नद्रष्टा पिता’ भन्दै केपी ओलीमाथि कोमल वलीको कविता र गीत (भिडिओ)

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा पुगेर एउटा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा भाग लिन पुगेकी थिइन् एमालेकी समानुपातिक सांसद तथा लोकगायिका कोमल वली ।

कार्यक्रममा भाषणसँगै सांस्कृति प्रस्तुति पनि समावेश गरिएका थिए । कोमलले पनि कार्यक्रममा छोटो भाषण गर्दै केपी ओलीमाथि कविता र गीत सुनाइन् । आफ्नो छोटो कवितामा कोमलले ओलीलाई ‘स्वप्नद्रष्टा पिता’ को संज्ञा दिएकी थिइन् ।

कोमलले सार्दूलविकृडित छन्दमा सुनाएको कविताका चार पंति यस्ता छन्-

यस्ता घोर कठोर कालहरुमा सत्कर्मका सञ्चिता

नेपालीजनका अपूर्व सुखका हे स्वप्नद्रस्टा पिता,

नेपाली मुटुभित्र बास अहिले बस्ने छ कोही त्यो भने

केपी बा हुनुहुन्छ एक युगका भन्छन् सबै भन्छन् सबैका मन ।

कोमलले आफ्नो भाषणमा देशलाई फेरि एकपटक केपी ओली चाहिएको बताइन् ।

उनले भनिन्, ‘देशको दूरगामी विकासका लागि हामीलाई फेरि केपी ओली चाहिएको छ ।’

त्यसपछि उनले ओलीमाथि नै रचिएको गीत पनि सुनाइन् ।

गीतको बोल थियो :

फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई

देशका लागि आज अनि चाहियो भोलिलाई

आजभन्दा झन्‌झन् खाँचो भयो भोलिलाई ।

Comments

2 responses to “‘स्वप्नद्रष्टा पिता’ भन्दै केपी ओलीमाथि कोमल वलीको कविता र गीत (भिडिओ)”

  1. गणेशमान Avatar
    गणेशमान

    तपाईंलाई केपीले राष्ट्रिय सभाको संसद नबनाएको भए आज गाली गर्दै हुन्थ्यौ , शुरुआतमा समानुपातिकमा नराख्दा राप्रपा फर्किने सुर कसेर हिड्दै गर्दा राष्ट्रिय सभा प्रवेश गराएपछि भजन गाउदै हिड्दै छौ हिड राजा वादेनीलाई भजन गाउन के को लाज

  2. नेपाली Avatar
    नेपाली

    अति भाे।काम गराै।कविता हाेईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *