गुल्मी । रेसुङ्गा नगरपालिका १३ दुबिचौर बस्ने ६० वर्षीया पार्वती बिकको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश बिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले आइतबार साँझ प्रकाशलाई पक्राउ गरेको हो ।
सामान्य विवादमा प्रकाशले जेठी आमा नाता पर्ने पार्वतीलाई लाठी प्रहार गर्दा घाइते भएकी थिइन् । उनको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको थियो ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply