धुलिखेल शून्य कार्बन उत्सर्जनसहितको विकास गर्ने संसारका १५ सहरको सूचीमा

काठमाडौं । धुलिखेल सहर शून्य कार्बन उत्सर्जन गर्दैै वातावरणमैत्री विकास गर्ने संसारका १५ सहरको सूचीमा समावेश भएको छ । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानडाको टोरन्टो, स्पेनको बार्सिलोना र अमेरिकाको लस-एन्जल्स पनि अटाएका छन् । काभ्रेको धुलिखेल सूचीको पाँचौं स्थानमा छ ।

आगामी महीना बेलायतको ग्लास्गोमा हुन लागेको राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२६ अगाडि यो सूची सार्वजनिक भएको हो । धुलिखेलले दक्षिण एसियामै पहिलोपटक जीवाश्म इन्धन अप्रसार सन्धी अभियानलाई कार्यान्वयनमा ल्याएको थियो ।

उक्त सन्धि अन्तर्गत रहेर धुलिखेलले आफ्नो नगरक्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई अघि बढाएको छ ।

नगरप्रमुख अशोककुमार व्याञ्जुले नेपाल प्रेससँग कुरा गर्दै संसारका ठूला र सफा सहरको सूचीमा धुलिखेल पनि समावेश हुनु गौरव र हर्षको कुरा भएको बताए । जलवायु परिवर्तनको असरलाई कम गर्न आफूले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई अघि बढाएको उनले बताए ।

यसैबीच, नगरपालिकाले आज सूचना जारी गर्दै धुलिखेलमा शून्य ग्रीनहाउस ग्याँस उत्सर्जनसहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी दिनमा पनि जीवाश्म इन्धन अप्रसार सन्धी अभियानको कार्यान्वयनमा डटेर अघि बढ्ने पनि नगरप्रमुख व्याञ्जुले बताए ।

Comments

3 responses to “धुलिखेल शून्य कार्बन उत्सर्जनसहितको विकास गर्ने संसारका १५ सहरको सूचीमा”

  1. अनमोल मणी Avatar
    अनमोल मणी

    केही समय अगाडि मुसस्ताङ जिल्ला पनि पूर्ण जलवायु अनुकूलित जिल्ला घोषणा भएको थियो। नेपालमा यस्तो डलरधन्दा भैरहन्छ। केही गर्ने होइन। झुठा हल्ला गरो डलर खायो।

  2. Raji vashisht Avatar
    Raji vashisht

    Congratulations sir
    Credit goes local bodies govt
    Specially ashok byanaju sir n his team work n public of dhulikhel

  3. Shristi khwalapala Avatar
    Shristi khwalapala

    Congratulations

Leave a Reply

Your email address will not be published. Required fields are marked *