एमाले नेता भानुभक्त जोशी नेकपा एसमा प्रवेश गर्दै, सचिव बनाउने तयारी

काठमाडौं। एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। उनको स्वागतका लागि अहिले बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको छ।

एमाले विवाद हुँदा माधव नेपाल समूहमा रहेका उनी विभाजनमा भने नेकपा एसमा नगई एमालेमै बसेका थिए। पछिल्लो समय १० बुँदे सहमति कार्यान्वयन नभएको भदै उनी असन्तुष्ट थिए ।

नेकपा हुँदा सूदुरपश्चिम प्रदेशको सहइन्चार्ज रहेका जोशी एमाले समानन्तर कमिटीको प्रदेश अध्यक्ष पनि थिए। उनलाई नेकपा एसको सचिव बनाउने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *