बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

कैलाली । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिकास्थित मोहना पूल–अत्तरिया ६ लेन सडक खण्डमा ना८ख २२४२ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो ।

बसको ठक्करबाट दार्चुलाको खण्डेश्वरी घर भएका ४५ वर्षीय गणेश बर्मा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *