काठमाडौं । काठामाडौंको कलंकी ढुङ्गेअड्डा पुलबाट सुनको बालासहित एक जना पक्राउ परेका छन् ।
प्रहरीले ५० ग्राम सुनको बालासहित नवलपरासी पूर्व कावासोती नगरपालिका -८ बस्ने पाल्पा चिडापानी-३ घर भएका ४८ वर्षीय बिनोद गिरीलाई पक्राउ गरेको हो ।
उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरिएको वृत्तले जनाएको छ ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply