यस्तो छ दीपकले होस्ट गर्ने ‘क्राइम प्याट्रल’ ट्रेलर, तिहारबाट प्रसारण सुरु हुने

काठमाडौं । नेपाली टेलिभिजन सिरिज ‘क्राइम प्याट्रल’को ट्रेलर इन्टरनेट रिलिज भएको छ । दीपकराज गिरीले होस्ट गर्ने यो सिरिज ग्यालेक्सी फोरके टिभीबाट प्रसारण हुने भएको छ ।

भारतीय टिभी सोनीमा प्रसारण हुने सिरिजको लाइसेन्स लिएर बनाइएको नेपाली क्राइम प्याट्रल चाहिँ प्रत्येक साता दुईपटक प्रसारण हुने भएको छ । एकवर्षसम्म प्रसारण हुने यो सिरिजको आठ भाग निर्माण भैसकेको छ ।

रिलिज भएको ट्रेलरमा युवती हत्याको घटनाको अनुसन्धानलाई चित्रण गरिएको छ । सिरिजका होस्ट रहेका गिरीले क्राइम थ्रीलर रुचाउने दर्शकलार्ई सिरिज मनपर्ने बताए ।

‘छक्कापञ्जाजस्तो मास दर्शकलाई नभएर क्राइमको कथा रुचाउनेलाई यो सिरिज मनर्पेछ’ गिरीले भने, ‘यसपटक युवापुस्तालाई मन पराउने ढंगले कथा पस्किएका छौं ।’

तिहारको छेकोमा सिरिज प्रसारण हुने तयारीमा रहेको दीपकले नेपाल प्रेसलाई जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *