क्याम्पस हातामा सामाजिक सञ्जाल प्रयाेग गर्न राेक

रूपन्देही । टिकटक बनाउनेको भीड बढेपछि बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले क्याम्पस हाताभित्र टिकटक लगायत सामाजिक सञ्जाल प्रयाेगमा रोक लगाएको छ।

क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले बिहीबार एक विज्ञप्ति जारी गर्दै टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता आधुनिक प्रविधिको प्रयोग गर्न निषेध गरिएको बताएका छन् ।

टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता समाजिक सञ्जाल प्रयोग गरिएको थाहा पाइएमा कानूनी कारबाहीका लागि सिफारिस गरिने उनले जारी गरेको सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *