ओली भन्छन्- दुई पाइलटले पार्टी नचल्ने रैछ, चुनावपछि एकल पाइलटवाला सुपरफास्ट जेट चलाइन्छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले विमान दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने नचल्ने टिप्पणी गरेका छन्।

मंगलबार सम्पादकहरुसँगको छलफलमा नेकपा विभाजनको सन्दर्भलाई लिएर ‘दुई पाइलटले चलाएको विमान दुर्घटनामा पर्‍यो नि’ भन्ने प्रश्नमा ओलीले विमान चले पनि पार्टी भने नचल्ने बताए ।

‘प्लेन चाहिँ दुईटै पाइलटले चालउँछन्,’ ओलीले भने, ‘त्यो राम्रै चलेको पनि देखिन्छ । तर, पार्टीमा चाहिँ नहुने रहेछ । अब चुनावपछि बहुमत ल्याएर एकल पाइलटवाला ‘सुपरफास्ट जेट’ चलाइन्छ ।’

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर भनेको नेकपामा दुई अध्यक्ष राखिएपछि ओलीले त्यसलाई दुई पाइलटले चलाएको जेटको संज्ञा दिएका थिए।

दुई पाइलटले कुशलतापूर्वक जेट चलाउँछौं भनेको भए पनि नेकपा भने तीन वर्षमै विभाजित भयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *