माधव नेपालको दावीः चुनावपछि एमाले भन्ने पार्टी टर्च बालेर खोज्नुपर्छ

हेटौँडा। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने दावी गरेका छन् । शनिबार हेटौँडामा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ‘एमाले पत्तासाफ हुने’ भन्दै आफ्नो पार्टी शक्तिका रुपमा उदाउने पनि दावी गरे ।

‘हामी यो देशको महत्वपूर्ण शक्तिको रुपमा उदाउँदैछौं,’ नेपालले भने, ‘केपी ओलीको समूह आउने चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्न गइरहेको छ।’

उनले अगाडि थपे, ‘दम्भको घडा फुट्नेवाला छ। केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा लागेका छन्। उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन्। हामी त्यस्तो गर्ने छैनौं ।’

नेपालले पाँच दलीय गठबन्धनको संरचना बनाउने र त्यसलाई आउँदो चुनावसम्मका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म विस्तार गर्ने पनि बताए।

Comments

2 responses to “माधव नेपालको दावीः चुनावपछि एमाले भन्ने पार्टी टर्च बालेर खोज्नुपर्छ”

  1. Indra Avatar

    टर्च लिएर नभाग्नु नि एमाले भेटे पछि, त्यसपछि तिमीलाई खोज्नु परेन ?

  2. अमर Avatar
    अमर

    कठै बरा । गठबन्धनकाे आस पालेर कति दिन हिडछाै कमरेड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *