काठमाडौं । पाथिभरा हेलिकोप्टर दुर्घटनमा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगै चर्चित पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको पनि निधन भयो । मिडियाले उनी भन्ठानेर पर्वतारोहण महासंघका पूर्वअध्यक्ष अर्का आङछिरिङको फोटो प्रकाशित गरे ।
चर्चित भएर पनि धेरैले आङछिरिङको फोटो भेट्टाउन र उनलाई चिन्न सकेनन् । कारण थियो, भित्रभित्रै सक्रिय हुने तर सार्वजनिक रुपमा नदेखिने उनको शैली । आङछिरिङको निधनपछि संयोग नै मान्नुपर्छ ‘यति काण्ड’ भनेर ठूलो स्क्याण्डल नै मच्चियो । मिडिया हेडलाइन नबनेको कुनै दिन रहेन । तर यति समूहका ‘मुख्य मान्छे’ कहिँकतै देखिएनन् र समाचार खण्डन गर्न पनि आएनन् ।
नेपालको पर्यटन उद्योगको अग्रणी थामसेर्कु ट्रेकिङसहित दर्जनौं कम्पनी चलाइरहेका ल्हाक्पा सोनाम शेर्पा त्यो परिवारका जेष्ठ सदस्य हुन् । यति ठूलो व्यापारिक घराना र राष्ट्रिय राजनीति प्रभावित पार्ने घटनाक्रमका प्रमुख पात्र सोनाम कहिल्यै मिडियामा देखिँदैनन् । यति ग्रुप भनेर दर्ता नभए पनि सो समूहका अध्यक्ष शेर्पा पहिलोपटक नेपाल प्रेसमार्फत केही सेक्रेट्सहरु खोल्न तयार भए ।
जीवनमै पहिलो पटक मिडियामा अन्तर्वार्ता दिएका उनी भिडियोमा भने आउन चाहेनन् ।
शेर्पा लबजमा उनले गुनासो गरे- हामी शेर्पाहरु भरियाभन्दा माथि उठ्न हुँदैन भन्ने मान्यता नेपालका नेता, दलाल पुँजिपति र मिडियाका केही टाइकुनहरुमा अहिले पनि देखिन्छ । त्यसको शिकार हाम्रो परिवार भयो ।
बसुन्धरास्थित बेसक्याम्पको कार्यालयमा यति समूहमाथि लागेका आरोपदेखि केपी ओलीसँगको सम्बन्ध लगायतका विषयमा उनी खुलस्त रुपमा प्रस्तुत भए ।
प्रस्तुत छ, यति ग्रुपका अध्यक्ष सोनाम शेर्पासँग नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेलले गरेको उनको जीवनकै पहिलो अन्तर्वार्ता नेपाल टकमा ।
पछिल्ला दुई वर्ष नेपालमा सायद सबैभन्दा धेरै चर्चा यति ग्रुपको भयो होला । राजनीतिक दलका बैठकदेखि मिडियाका हेडलाइनसम्म छाउँदा पनि तपाई कतै देखिनुभएन । तपाई रहस्यमय रहन खोज्ने पात्र हो ?
म रहस्यमय पात्र होइन, एउटा साधारण गाउँबाट उठेर देशलाई योगदान गर्ने ठाउँमा आइपुगेको उद्यमी हुँ । मलाई चर्चामा आउन, मिडियामा बोल्न आउँदैन र मन पनि लाग्दैन । सायद मिडिया युज गर्न नसक्दा मिडियाबाटै भिक्टिम बन्न पुग्यौं म र मेरो परिवार । आज तपाईसँग नेपाल प्रेसको लागि म अन्तर्वार्ता दिँदैछु, यो मेरो जीवनको पहिलो सार्वजनिक अन्तर्वार्ता हो । यो पनि मैले अब केही बोल्नुपर्छ, भ्रमहरु विस्तारै निवारण गरेर हामीलाई कसरी भिक्टिम बनाइँदैछ, राष्ट्रिय उद्योगपतिलाई सिध्याउन दलाल पुँजिपतिहरुले कसरी मिडिया र राजनीतिकर्मीमाथि लगानी गरिरहेका छन् भन्ने जानकारी दिनुपर्छ भनेर पहिलोपटक मिडियामा आउँदैछु ।
ममात्र होइन मेरो भाइ आङछिरिङ (स्वर्गीय) को पनि अन्तवार्ता दिने, मिडियामा आफ्ना भए नभएका कुरा लेखाउने, काम नगरी चर्चामात्र बटुल्ने बानी थिएन ।
यति ग्रुप यसरी विवादमा आउँदा, नेकपा विभाजनको कारकसमेत यति ग्रुप बनाइँदा पनि तपाईहरु मौन रहनुको कारण के त ?
हामीलाई बोल्न दिइएन, एकोहोरो भिक्टिम बनाइयो । तर अहिले बाध्य भएर म बोल्दैछु । हामीले यो देशका लागि के गर्याैं ? हामी कसरी आयौं ? यसबारेमा विस्तारै बोल्दै जानेछौं ।
आज म यतिभन्दा हाम्रो परिवार मिडियाबाट भिक्टिम भएको छ । हामीले यति ग्रुप भनेर कुनै ब्राण्डिङ गरेर खाएको छैन । हाम्रो कम्पनीहरु सबै अलग–अलग छन् । केही मिडिया जसले यति ग्रुपले यसो गर्याे, उसो गर्याे भन्दै धारावाहिक कहानीहरु लेखे, उनीहरुले कम्पनी रजिष्टार कार्यालयमा गएर एकपटक यति ग्रुप छ कि छैन भन्ने बुझे हुन्छ । अहिलेसम्म यति ग्रुप भनेर कुनै कम्पनी नै हामीले दर्ता गरेको छैन । बरु अब यिनै मिडियाले ब्राण्डिङ गरिदिएको हुनाले यति ग्रुप दर्ता गर्नुपर्छ कि भन्ने चाहिँ सोच्दैछौं ।
यति ग्रुप भनेर यति धेरै चर्चा र विवादमा आयो, खासमा कसरी शुरु भएको थियो ?
आजभन्दा ३५ वर्षजति अघि हामी सोलुखुम्बुबाट आयौं । मेरा भाइहरुसहित तीन जनाले शेर्पालाई भरियामात्र भनेर चिने सबैले, पर्यटन उद्योगमा केही गरौं भनेर थालेका हौं ।
आज हामीले २८ सय जनालाई प्रत्यक्ष रोजगारी दिएका छौं । हिमालको मान्छेको पीडा त हामीलाई थाहा थियो । हरेक ठाउँमा होटल चाहिन्छ भनेर त्यहाँका मान्छेलाई पनि उद्यम गर्न सिकाउने ढंगले होटल सिस्टम चलायौं ।
हामीले एभरेष्ट एरियामा ८ वटा होटल खोल्यौं । मनाङमा ५ वटा छन् । मुस्ताङमा ५ वटा खोल्ने क्रममा छन् । अन्नपूर्णमा ७ वटा छन् । हामीले हिमाली क्षेत्रमा लगानी गर्याैं, किनभने त्यहाँ राज्यले केही गर्दैन ।
हिमाली क्षेत्रका मान्छेको जीवनस्तर उठोस्, हामीले गरेपछि उनीहरुले सिक्नेछन् भनेर हो । हामीले हिमाली क्षेत्रमा लगानी गरेपछि त्यहाँका मान्छेले रोजगारी पाए । स्थानीय उत्पादनले ठाउँ पायो ।
त्यसपछि हामीले २३ वर्षअघि आजकै दिन (असोज ५ गते) यति एयरलाइन्स खोल्यौं । यति एयरलाइन्सले ब्यापारमात्र गरेको छैन । घाटा खाएर शुरुदेखि नै कर्णालीमा सेवा दिएका छौं । प्राइभेट सेक्टरले घाटा खाएर ब्यापार गर्छ ?
तर हामीले दुर्गममा सेवा दिँदा घाटा हेरेका छैनौं । हामीले यति नगर्ने हो भने पर्यटन फस्टाउँदैन । एउटा पर्यटक नेपाल प्रवेश गरेपछि नफर्केसम्म हाम्रै कम्पनीको सेवा पाउँछ । यसरी हामीले ट्राभल, ट्रेकिङ, पर्वतारोहण, होटल, एयरलाइन्स जस्ता पुर्वाधारमा लगानी गरेका हौं ।
महामारी नहुँदा वर्षमा ६ महिना प्लेनमै हुन्थेँ । विभिन्न देशमा पर्यटक खोज्दै मार्केटिङ गर्न सबैतिर पुगिन्थ्यो । किनभने मार्केटिङ नगरी त क्वालिटी टुरिजम हुँदैन ।
तर सरकारलाई हातमा लिएर राज्यका सम्पत्ति, सरकारी जग्गाहरुमा पुर्वाधार बनाउनुभयो भन्ने आरोप छ नि ?
हामी व्यवसायीका लागि सबै राजनीतिक दलका नेता समान हुन् । हामी सबैसँग राम्रो सम्बन्ध राख्छौं । सरकार जसको आए पनि हामीले काम गर्ने हो । तर हामीले सरकारबाट अतिरिक्त सहयोग लिएका छैनौं र हाम्रो व्यवसाय नै सरकारबाट अतिरिक्त सहयोग लिएर लाभ लिने खालको हुँदैन ।
किनभने हामी ठेक्कापट्टा गर्दैनौ । सरकारको पैसा लिएर गर्ने व्यवसाय नै होइन हाम्रो । अनि कसरी सरकारलाई हातमा लिने ?
जहाँसम्म सरकारी जग्गाको कुरा गर्नुभयो, म आफैं अन्योल र अचम्ममा परेको छु यो इस्यु कसरी यति ठूलो बनेर आयो । नेपाल ट्रष्टका केही जग्गामा हामीले पुर्वाधार बनाएका छौं, ती जग्गा पूर्णरुपमा टेण्डर प्रक्रिया पूरा गरेर प्रतिस्पर्धामा भाग लिएर पाएका हौं ।
अरुले भन्दा बढी भाडा कबुल गरेर कानूनी प्रक्रियाबाट पाएको कुरालाई यति ठूलो इस्यु बनाउनुको पछाडि अरु नै कारण छन् भन्ने अहिले आएर बुझिँदैछ । नत्र भने टेण्डरमा कुनै सरकार वा मन्त्रीको आशिर्वादले हुन्छ ? प्रक्रियामा पसेपछि धेरै कबोल गर्नेले पाउने हो ।
दरवारमार्गकै केसको कुरा गरौं, जसलाई ठूलो इस्यु बनाइयो । नेपाल ट्रष्टले टेण्डर आह्वान गर्दा ७ वटा कम्पनीले भाग लिए । त्यसमा ३ वटा छनोट भए । ३० वर्षको लागि लिजमा दिँदा हामीले डेढ अर्ब भाडा तिर्ने प्रस्ताव लग्यौं ।
दोस्रो शाखा कम्पनीले ६२ करोड प्रस्ताव गर्यो । तेस्रोले २२ करोड प्रस्ताव गर्दा सबैभन्दा बढी हामीले प्रस्ताव गरेकाले पायौं । प्रक्रियाबाट मैले पाएँ त के भयो ? धेरै पैसा कबोल गर्नु नै मेरो दुर्भाग्य भयो ।
केही छैन त्यो पैसा राज्यको कोषमा गयो । दरवारमार्गमा डेढ अर्बमा त जग्गा किन्न पाइन्छ । राज्यको सम्पत्तिमा प्राइभेट सेक्टरले बनाएको भवन हेर्नुस कस्तो छ ।
हामीले पैदल हिँड्ने सडकमा समेत टायल बिछ्याएका छौं । तर यो त कसैले देख्ने रहेनछ । प्रतिस्पर्धामा सबैभन्दा बढी पैसा तिरेर पाउँदा पनि कब्जा गरेको आरोप लाग्छ भने अरु कुन प्रक्रिया हुन्छ ?
जहाँसम्म गोकर्ण रिसोर्टको कुरा छ, संसदले ऐन पास गरेपछि हामीले ऐन बमोजिम लिजको अवधि थप्न र कोठा तथा सेमिनार हल बनाउन अनुमति लिएका हौं । यतिले गोकर्णको लिज थप्यो भनेर सार्वजनिक खपतका लागि बोल्ने नेताहरु संसदबाट ऐन पारित गर्दा थपडी मारेर बसेका किन ? उनीहरुले पारित गरेको ऐन बमोजिम हामीले काम गर्दा विरोध भएको देख्दा उद्देश्य अरु नै छ भन्ने बुझ्न गाह्रो छैन ।
तर केपी ओली सरकार बदनाम गराउन त यति समूह मुख्य पात्र बन्यो नि होइन र ? आखिर केपी ओलीसँग तपाईंहरुको सम्बन्ध चाहिँ के हो ?
केपी ओली सरकार कति बदनाम भयो, कसरी कसले कुन उद्देश्यले हामीलाई प्रहार गरे यसको उजागर हुँदै जाला । केही मिडियाले बदनाम गर्दैमा कति समयसम्म बदनाम हुन्छ ? त्यो पनि विभिन्न समयमा जनताले आफ्नो मतबाट फैसला गर्लान् ।
हामीले उहाँबाट अतरिक्त कुनै सहयोग लिएको छैन । जहाँसम्म केपी ओलीसँगको हाम्रो सम्बन्धको प्रश्न छ यसबारे म केही प्रष्ट पार्न चाहन्छु । वास्तवमा केपी ओलीसँग र एमालेसँग हाम्रो परिवारको सम्बन्धमा मदन भण्डारी र पासाङ ल्हामु शेर्पा जोडिएका छन् । पहिलो महिला सगरमाथा आरोहीका रुपमा पासाङलाई मदन भण्डारीले झण्डा दिएर बिदाइ गर्नुभएको थियो । दुःखद संयोग दुवैजनाको शवयात्रा एकैपटक भयो । यो भावनात्मक सम्बन्ध हो ।
अर्कोतर्फ हामी त राजनीतिमा थिएनौ र छैनौं । मेरो कान्छो भाइ २०५४ सालमा एमालेबाट सोलुको जिल्ला विकास समिति सदस्य निर्वाचित भएको थियो । उसको कारण हामीले एमालेका नेताहरु केपी ओली, माधव नेपाल सबैसँग राम्रो सम्बन्ध नै बनाएका हौं ।
तर जसरी केपी ओलीले नै यति पोसेको र यतिले केपी ओलीलाई सघाएको भन्ने १०० प्रतिशत गलत समाचारहरु आए । यसबाट कसैलाई फाइदा होला तर कुनै सत्यता छैन ।
केपी ओलीले तपाईहरुलाई यति धेरै सहयोग गर्नुको कारण चाहिँ के हो त ?
केपी ओलीसँगै चाहिँ कसरी सम्बन्ध राम्रो भन्दा उहाँले हाम्रो कुरा ध्यानपूर्वक सुन्नुभयो । हामी शेर्पा, भरिया भनेर कुरै नसुन्ने नेताहरु छन् । उहाँसँग हाम्रा कुरा शेयर गर्न पायौं ।
उहाँलाई हामीले कुनै अतिरिक्त सहयोग गरेका छैनौं । उहाँबाट पनि हामीले सम्बन्ध छ भनेर अतिरिक्त कुनै लाभ लिएका छैनौं । एउटा चाहिँ उहाँले गर्नुभयो, त्यो के भने मेरो जेठी छोरीलाई उहाँले राजदूत बनाइदिनुभयो ।
मेरो छोरी आफैं सक्षम छ । पासाङ ल्हामु शेर्पाको छोरी भएका कारण उहाँले त्यो जिम्मेवारी दिनुभयो । मैले भनेर होइन, एमाले र पासाङ ल्हामु भावनात्मक रुपमा जोडिएका हुनाले होला । त्यसप्रति म उहाँप्रति आभारी छु ।
दिनमा चारवटासम्म हेडलाइन हुन्थे तपाईका, नेकपाका बैठकदेखि संसद र सडकमा यतिलाई जोडेर सरकारमाथि प्रहार हुन्थ्यो, त्यो बेला के सोचिरहनुभएको थियो ?
मविरुद्ध भनौं हाम्रो परिवारविरुद्ध तिनीहरुले ६ महिनासम्म धारावाहिक टेलिसियरलका कहानी लेखे । शुरुको हप्ता दिनसम्म त डर पनि भयो । लौ अब सिध्याउने भए, फेरि गाउँ फर्किनुपर्ने भयो कि जस्तो लाग्यो ।
तत्कालीन नेकपाको आन्तरिक विवादमा हामीमाथि राजनीति भयो । चौधरीजस्ता ग्रुपहरु लागेका पनि सुनेका छौं । हामीलाई सिध्यायो भने राष्ट्रिय पुँजिपति निरुत्साहित हुन्छन् र कब्जा गरिन्छ भन्ने होला ।
तर हुँदै नभएका कहानीहरु आइरहँदा मतलबै हुन छाड्यो । कुनै दिन आएन भने चाहिँ किन आएन आज ? भन्ने लाग्न थाल्यो । रमाइलो पो हुन थाल्यो आफ्नै कहानी पढेर ।
उनीहरुले हामीलाई राजनीतिकरण गरे । विस्तारै मुख खोल्छु भनेरै तपाईसँग आज यति खुलेको हुँ । विस्तारै दस्तावेजहरु बनाउँछौ, इतिहासमा हामीले के गर्याैं, हामीमाथि किन र कसरी आक्रमण भयो, कस्ता कस्ता मान्छे लागे भन्ने भावी पुस्तालाई जानकारी गराउँछौं ।
तपाईंहरुको विरुद्धमा यसरी लाग्नुपर्ने कारण के हो ? कसले गर्याे ?
यसमा केही राजनीतिक कारण छ । तत्कालीन नेकपाको आन्तरिक विवादमा हामीमाथि राजनीति भयो । चौधरीजस्ता ग्रुपहरु लागेका पनि सुनेका छौं । हामीलाई सिध्यायो भने राष्ट्रिय पुँजिपति निरुत्साहित हुन्छन् र कब्जा गरिन्छ भन्ने होला ।
धेरै नेताहरु खुलेरै लागे,जसले आफैंले संसदबाट पास गरेको ऐनविपरित बोले । हामी विस्तारै तथ्य खोल्छौं । किनकी हामीलाई त यिनीहरुले जनताको अगाडि ठग बनाउन खोजे । मेहनत गरेर राज्यलाई योगदान गर्ने हामीलाई ठगका रुपमा देखाएर देशको अर्बौ राजश्व छलेर, विदेशमा लगानी गर्नेहरुले हामीमाथि मिडिया र नेता प्रयोग गरेर हमला गरे ।
वास्तवमा यो लडाई दलाल पुँजिपति र राष्ट्रिय पुँजिपतिबीचको हो । हामी देशभित्र लगानी गरेर, यहीँ रोजगार सिर्जना गर्ने, राज्यलाई अर्बौ राजश्व बुझाउने, देशको पर्यटन उद्योगको जिम्मा लिनेहरुलाई सिध्याउन दलाल पुँजिपतिहरुले राम्रैसँग हामीलाई मिडिया भिक्टिम बनाए ।
तपाईंहरुमाथि नै प्रतिशोध चाहिँ किन त ?
यो त कुण्ठा, इर्स्या र इगो होला । गाउँबाट आएको शेर्पाको छोराले यत्रो प्रगति कसरी गर्याे ? पर्यटन उद्योगको साम्राज्य कसरी बन्यो ? उनीहरुलाई डाहा भयो । शेर्पा भनेका भरिया हुन्, उनीहरुले देशको उद्योग चलाउन पाउँदैनन् भन्ने मानसिकताले पनि काम गरेको होला । किनकी यहाँ त विदेशबाट माल ल्याएर त्यही माल जनतालाई बेचेर नाफा कमाउने दलाल पुँजिपतिले राजनीति र मिडिया कब्जा गरेका छन् । उत्पादनमूलक, रोजगारीमूलक र समृद्धिमा टेवा पुग्ने उद्योग चल्न दिँदैनन् तिनीहरुले । त्यसकै पहिलो निशाना हामी बनेका हौं ।
अब केपी ओली सरकार ढलेको छ, तपाईंहरु कमजोर बन्नु भयो नि होइन ?
सरकार परिवर्तनसँग हामीलाई सम्बन्ध हुँदैन । मेरो व्यवसाय टुरिजम व्यवसायमा सरकारको कुनै लगानी हुँदैन । सरकारको पैसामा गर्ने व्यवसाय यो होइन । सरकारले राम्रो नीति बनाइदियो भने पर्यटक आउँछन् । त्यो फाइदा हामीलेमात्र होइन सबैले पाउने हो ।
यति ग्रुपको तर्फबाट नेता र अन्य सबैतिर म्यानेज गर्ने तपाईको भाइ आङछिरिङको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यतिमाथि प्रहार शुरु भयो, यो संयोगमात्र हो जस्तो लाग्छ कि लाग्दैन ?
हामीले वाइडबडी ३२० जहाज ५० मिलियन डलरमा किन्यौं । त्यही जहाज नेपाल एयरलाइन्सले १०५ मिलियन डलरमा किन्यो । २८० जना बोक्ने एयरबस ३३० भनेर नेपाल एयरलाइन्सले किनेको जहाजले अहिले १८० जनामात्र बोक्छ । हामीसँग ४ वटा ठूला जहाज छन्, उनीहरुसँँग पनि त्यति नै छन् । हाम्रोमा ४०० कर्मचारी छन्, नेपाल एयरलाइन्समा १६०० जना कर्मचारी छन् । अब आफैं बुझ्नुस त्यो कम्पनी हामी जिम्मा लिन बौलाहा कुकुरले टोकेको छ ?
मेरो भाइ आङछिरिङ त कांग्रेसका नेताहरुसँगै हुन्थ्यो । उसको संगत नै त्यता थियो । मैले नै केपी ओली र माधव नेपालसँग भेटघाट मिलाएर सबैसँग राम्रो सम्बन्ध राख्न लगाएँ । मेरो भाइ बोल्नेमा पनि म भन्दा क्षमतावान, सबैसँग फरवार्ड थियो ।
केही वर्षदेखि म ब्याकमा बसेर भाइलाई अघि बढाएँ । अहिले आएर लाग्छ जुन ग्रुपले हाम्रो परिवारमाथि आक्रमण गरे उनीहरुको यसमा केही न केही योजना थियो होला ।
यसको भाइ मरिहाल्यो, अब यसको कोही पनि छैन । यहि मौकामा सिध्याइदिउँ र बाँडेर खाउँ भनेर लागेका हुन सक्छन् । तर हामी यस्ता प्रहारबाट अझ बलियो बनेका छौं ।
पछिल्लो समय हिमालय एयरलाइन्सबाट अन्तर्राष्ट्रिय उडान थालेपछि तपाईहरुमाथि अझ प्रहार हुँदैछ । नेपाल एयरलाइन्स यतिलाई दिन कम्पनी मोडलमा जान लागेको भन्ने कुरा पनि सुनिन्छ नि ?
पहिलो कुरा हाम्रो परिवारले अब नेपाल एयरलाइन्सले मात्र अन्तर्राष्ट्रिय उडान सक्दैन, पर्यटन उद्योगका लागि वैकल्पिक एयरलाइन्स आवश्यक छ भनेर सोच्यौं । किनभने हामी हाम्रै कम्पनीबाट आउने टुरिस्टबाट चलाउन सक्छौं ।
शुरुमा एयर अरेबियासँग मिलेर उनीहरुको जहाज लिएर फ्लाइ यति डट कम चलायौं । तर हामीलाई उनीहरुसँगको ब्यापारमा ठूलो घाटा लाग्यो । इन्डिगोसँग पहल गर्याैं तर सफल भएन ।
म तपाई र नेपाल प्रेसमार्फत नै आज घोषणा गर्छु, मलाई शेयर किन्ने त परै जावस सित्तैमा चलाउ भनेर दिए पनि नेपाल एयरलाइन्स चाहिँदैन । त्यसमा मैले इन्टरेस्ट राख्यो भनेर भन्दैछन् रे । मैले त घोषणा गरेर भनेँ, सित्तै दिए पनि चाहिँदैन ।
लास्टमा चाइनिजहरुसँग कुरा मिल्यो । हामीले हिमालय एयर चलायौं । अहिले हामीसँग ४ वटा एयरबस छन् । अरु दुईवटा छन् ।
अब नेपाल एयरलाइन्सको जहाँसम्म कुरा छ, उनीहरु र हाम्रो तुलना गरौं । हामीले एयरबस ३२० जहाज ५० मिलियन डलरमा किन्यौं । त्यही जहाज नेपाल एयरलाइन्सले १०५ मिलियन डलरमा किन्यो । २८० जना बोक्ने एयरबस ३३० भनेर नेपाल एयरलाइन्सले किनेको जहाजले अहिले १८० जनामात्र बोक्छ ।
हामीसँग ४ वटा ठूला जहाज छन्, उनीहरुसँँग पनि त्यति नै छन् । हाम्रोमा ४०० कर्मचारी छन्, नेपाल एयरलाइन्समा १६०० जना कर्मचारी छन् । अब आफैं बुझ्नुस त्यो कम्पनी हामी जिम्मा लिन बौलाहा कुकुरले टोकेको छ ?
तर नेपाल एयरलाइन्स कम्पनीमा लैजाने हुँदा तपाईंहरुले पनि भाग लिन त सक्नु हुन्छ नि ?
म तपाई र नेपाल प्रेसमार्फत नै आज घोषणा गर्छु, मलाई शेयर किन्ने त परै जावस सित्तैमा चलाउ भनेर दिए पनि नेपाल एयरलाइन्स चाहिँदैन । त्यसमा मैले इन्टरेस्ट राख्यो भनेर भन्दैछन् रे । मैले त घोषणा गरेर भनेँ, सित्तै दिए पनि चाहिँदैन ।
यहाँ त शेर्पाले कुनै ठाउँमा नियुक्ति पायो भने यतिकै मान्छे भनिहाल्छन् । हुँदा हुँदा नेपाल ट्रष्टमा नियुक्ति भइछन् एकजना यान्जोम शेर्पा । मेरै कान्छी बहिनी भनेर लेखे । उनी ताप्लेजुङको रहिछन्, हामी सोलुखुम्बुको । भनेपछि तपाई बुझ्नुस केसम्म गर्ने रहेछन् ।
यो जस्तो नाजुक कम्पनी विश्वमा कहिँ पनि हुन्न । ७० वर्षको इतिहास बोकेको नेपाल एयरलाइन्स र ४ वर्षमा हामीले बनाएको हिमालय एयरलाइन्सको तुलना गरौं । नेपाल एयरलाइन्स जतिको मैले बनाइसकेँ । सोनाम शेर्पा तिमी सित्तैमा चलाउ भनेर दिए पनि चाहिँदैन ।
यतिले नेपाल एयरलाइन्स लिने भयो भन्ने हल्ला गरेर इमोशनल ब्ल्याकमेल गर्न खोजेका होलान् ।
नेपाल एयरलाइन्सलाई कसरी सुधार्न सकिएला त ? तपाईको अनुभवले सुझाव चाहिँ दिनुस् न त ?
सुझाव माग्नेले मागे दिने हो । देशको ध्वजाबाहक भएको हुनाले यसलाई कम्पनी मोडलमा लगेर भने पनि जोगाउनु राम्रो हो । मैले त भनेको छ यसरी हुँदैन । शेष घले जस्तोलाई अध्यक्ष बनाइदिउँ । यसको शेयर २५ लाख गैरआवासीय नेपालीलाई बेचौं अनि बच्छ यो संस्था ।

नेपाल एयरलाइन्सको बोर्डमै यतिका मान्छे नियुक्त गरेको आरोप छ नि ?
यहाँ त शेर्पाले कुनै ठाउँमा नियुक्ति पायो भने यतिकै मान्छे भनिहाल्छन् । हुँदा हुँदा नेपाल ट्रष्टमा नियुक्ति भइछन् एकजना यान्जोम शेर्पा । मेरै कान्छी बहिनी भनेर लेखे । उनी ताप्लेजुङको रहिछन्, हामी सोलुखुम्बुको । भनेपछि तपाई बुझ्नुस केसम्म गर्ने रहेछन् ।
नेपाल एयरलाइन्सको बोर्डमा फुर्बा ग्याल्जेन शेर्पा र ईश्वरी पौडेल यतिका मान्छे नियुक्त गर्याे भने । जबकी उनीहरुसँग कुनै सम्बन्ध छैन । म त यस्ता सबै खाले कुप्रचार पचाउन सक्ने भइसकेको छु ।
अब अलि फरक प्रसंगको कुरा गरौं । नेपालको पर्यटन उद्योगको पायनियर मानिन्छ तपाईंहरुलाई । अब हामीलाई कोभिडपछिको अवस्था रिकभर गर्न कति समय लाग्ला ?
समय त तीन चार वर्ष अझै लाग्छ नै । विश्वभर नै तहसनहस भएको हो, विभिन्न देशले बिस्तारै चलायमान बनाउन थालेका छन् । अब हामीले पनि ढिला गर्न हुँदैन ।
हिजोको जस्तो अप्ठेरो अवस्था अहिले छैन । भ्याक्सिनको कारण पनि अब पर्यटन उद्योग चलायमान हुन्छ । हाम्रै सन्दर्भमा पनि पर्यटनको मुख्य क्षेत्र खुम्बुमा शत प्रतिशतले भ्याक्सिन लगाइसके ।
टुरिस्टले सोधिरहेका छन् हामीलाई । तर सरकारले निर्णय नगरेसम्म त अरु देशको नजरमा नेपाल रेड जोनमै रहन्छ । रेड जोनमा रहेको मुलुकमा भ्रमण गर्ने पर्यटकको विमा कभरेज हुँदैन ।
मनाङ,मुस्ताङ र अन्नपूर्णमा पनि खोप लगाइसकेको अवस्था छ । पोखरा र काठमाडौंकै पनि पर्यटक छहलपल हुने क्षेत्रमा भ्याक्सिन एकसरो लाएको अवस्था छ ।
अब मुख्य कुरा सरकारले क्वारेन्टाइनको व्यवस्था तत्काल हटाउने हो भने हामीलाई पर्यटक बोलाउन सहज हुन्छ । तत्कालै क्वारेन्टाइन हटाउने निर्णय गर्दा पनि पर्यटक आउन तीन चार महिना लाग्छ । किनभने हाम्रो त आफ्नै प्रक्रिया हुन्छन् ।
हामीले हाम्रा क्लाइन्टहरुलाई सरकारको नीतिबारे जानकारी गराउनुपर्छ । उनीहरुले पनि नेपाल आउनका लागि विभिन्न तयारी गर्नुपर्छ । त्यसैले क्वारेन्टाइन हटाएको सन्देश दिन ढिला नगरौं भन्ने मेरो आग्रह छ ।
सरकार पर्यटन उद्योग चलायमान बनाउन सहयोगी भएन भन्ने हो ?
सरकारले किन चासो नराखेको हो ? मलाई अचम्म लागिरहेको छ । क्वारेन्टाइनमा बस्का लागि कुनै विदेशी नेपाल आउँदैन । हामीलाई उसै पनि पर्यटन उद्योगलाई रिभाइभ गर्न ३ वर्ष भन्दा बढी लाग्छ ।
सिंगल भ्याक्सिन लगाइसकेको मान्छेलाई अब क्वारेन्टाइन पर्दैन । एयरपोर्टमै तत्काल रिपोर्ट दिने गरी पीसीआर राख्ने,एन्टीजेन परीक्षण गर्न सकिन्छ । सरकारले सक्दैन भने प्राइभेट सेक्टरबाट नर्सहरु राखेर ६-७ वटा काउन्टरमा परीक्षण गर्ने र पर्यटकलाई झन्झटिलो नहुने गरी तत्काल रिपोर्ट दिन सकिन्छ । निजी क्षेत्रबाटै सहयोग लिन सकिन्छ ।
तपाईंहरु त सबैभन्दा धेरै पर्यटक भित्र्याउनेमा पर्नुहुन्छ, अहिले पर्यटकले नेपाल आउने प्रक्रियाको बारेमा कत्तिको चासो राखेका छन् ?
टुरिस्टले सोधिरहेका छन् हामीलाई । तर सरकारले निर्णय नगरेसम्म त अरु देशको नजरमा नेपाल रेड जोनमै रहन्छ । रेड जोनमा रहेको मुलुकमा भ्रमण गर्ने पर्यटकको विमा कभरेज हुँदैन ।
विमा कभरेज नभएपछि कोही पनि रिस्क मोलेर नेपाल आउँदैन । फाट्ट फुट्ट व्यक्तिगत रुपमा आउनेहरु आउछन् । तर हाम्रो पर्यटनको मुल आधार भनेको ट्रेकिङ र पर्वतारोहण नै हो । उनीहरु त यस्तो अवस्था रहेसम्म आउँदैनन् ।
देशलाई राजश्व आउने,रोजगारी दिने र गाउँ गाउँसम्मकै मान्छेलाई राहत दिने भनेको ट्रेकिङ नै हो । सरकारले क्वारेन्टाइनमात्र हटाउँदा पनि हामी पर्यटक ल्याउन सक्छौं ।
अरु देशको पर्यटन उद्योग पूरै खुलिसकेको हो र ?
युरोप लगायत धेरै देशमा खुलिसक्यो । आ आफ्ना प्रोटोकल अनुसार पर्यटकलाई सहजीकरण भइरहेको छ । नेपाल जस्तो पर्यटनमै धेरै सम्भावना भएको देशले त आफैंले चासो लिनुपर्ने हो ।
सरकारले आफैं पहल गर्नुपर्नेमा,हामी जस्ता व्यवसायीका कुरा पनि सुन्दैन । यहि उद्योगमा जीवन बिताएका हामीजस्ता व्यक्तिहरुको अनुभव शेयर गर्ने ठाउँ पनि छैन ।
यदि सरकार अलिकति पनि पर्यटन उद्योगप्रति गम्भीर बन्ने हो भने संसारमै नेपालसँग टुरिजममा अरुले प्रतिस्पर्धा गर्न सक्दैनन् । हाम्रो हिमाल, हाम्रा ल्याण्डस्केप, हाम्रा सम्पदा संसारमा कहाँ छन् ?
८ हजार माथिका हिमाल यहिँ छन् । ७ हजारभन्दा माथिका त कति छन् कति ? सररकारले नै मापन गर्न सकेको छैन । यस्तो सम्भावना भएको देशले आज ५ लाख जनसंख्या भएको भुटानमा जति पनि पर्यटक ल्याउन सकेको छैन ।
फेरि पर्यटन उद्योग यस्तो हो कि यसमा सरकारको कुनै योगदान नै हुन्न भन्दा पनि हुन्छ । नीति राम्रो बनाइदिए राज्यलाई दिनेमात्र हो यसले ।
कतिपय साना उद्यमीहरु त पलायन नै भइसकेका छन्, थामसेर्कु जस्ता पर्यटन उद्योगको अवस्था अहिले कस्तो छ ?
अब व्यवसाय त तहसनहस नै भइहाल्यो । हामीले अर्बौ क्षति व्यहोरिसकेका छौं । थामसेर्कु २ वर्षदेखि जिरो बिजनेशमा छ । अब यस्तै अवस्था एक वर्षभन्दा बढी रह्यो भने धान्न सम्भव छैन ।
हामीले आधा स्टाफलाई घरमा राखेर आधाबाट काम गराउने र फेरि आलोपालो गराइरहेका छौं ।


Leave a Reply