कर्णालीबाट नेकपा एसमा ८ जना केन्द्रीय सदस्य थपिँदै, यी हुन् सम्भावित्

सुर्खेत । कर्णाली प्रदेश नेकपा एकीकृत समाजवादीको अन्यत्र भन्दा बढी जनप्रतिनिधि भएको प्रदेश हो । यो प्रदेशलाई अध्यक्ष माधवकुमार नेपालले विशेष प्राथमिकता दिएसँगै आज कम्तिमा ८ जना केन्द्रीय सदस्य थपिने भएका छन् ।

‘आज बस्ने वैठकले कर्णालीका कम्तिमा एक जिल्लामा एकजना पर्ने गरी केन्द्रीय सदस्य मनोनयन गर्ने छ,’ समजवादी कर्णालीका संयोजक प्रकाश ज्वालाले नेपालप्रेससँग भने, ‘हरेक जिल्लाबाट एक जना बरिष्ठताको आधारमा मनोनयनमा पर्नुहुन्छ ।’ उनले को को केन्द्रीय सदस्यमा पर्छन भनेर खुलाउन चाहेनन् ।

तर समाजवादी स्रोतले भने कालिकोटबाट तुलाराज विष्ट, दैलेखबाट अम्मरबहादुर थापा केन्द्रीय समितिमा मनोनित हुन लागेको बतायो । सल्यानबाट उदय बोहोरा, सुर्खेतबाट शिव उपाध्याय, हुम्लाबाट लोकबहादुर हमाल, जुम्ला देविलाल थापालगायतलाई मनोनित गर्न लागिएको छ ।

कर्णालीमा यसअघि नै १३ जना केन्द्रीय सदस्य भइसकेका छन् भने समाजवादीले झण्डै दुई सयको संख्यामा केन्द्रीय कमिटी बनाउन लागेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *