विकास हाइड्रोको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । विकास हाइड्रोपावरले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले भदौ ३१ मा हस्ताक्षर गरे ।

गोरखाको दार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर निर्माण भइरहेको छ । ४.५५ मेगावाट क्षमताको आयोजनामा हालसम्म ५० प्रतिशत निर्माण कार्य सकिसकेको छ ।

कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजारको ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रकम बराबरको १३ लाख ८८ हजार ५०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *