झलनाथलाई राष्ट्र गौरव पदक, प्रचण्डपत्नी र माधव नेपालका स्वर्गीय पिता पनि विभूषित

काठमाडौं । सरकारले गठबन्धनमा आवद्ध दलका नेता र तीनका परिवारलाई संविधान दिवसका अवसरमा विभिन्न पदक प्रदान गरेको छ । कतिपय मरणोपरान्त विभूषित भएका छन् ।

सत्तारुढ गठबन्धनका नेता तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्र गौरव पदक प्राप्त गरेका छन् । खनालसँगै नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेरले पनि मरणोपरान्त सो पदक पाएका छन् । राष्ट्र गौरव पदक पाउने दुईजनामात्र छन् ।

कांग्रेस पार्टीका संस्थापक तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्नबाट विभूषित गरिएको छ । यो राज्यबाट प्रदान हुने सबैभन्दा माथिल्लो विभूषण हो ।

त्यस्तै सत्ता गठबन्धनकै नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालले राजनीतिक अभियन्ताका रुपमा प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्राप्त गरेकी छन् । यो पदक पाउनेमा मुख्यसचिव शंकरदास वैरागी, प्रधान सेनापति प्रभुराम शर्मादेखि न्यायाधीश अनिल सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी, महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत छन् ।

यो पदकबाट विभूषित हुनेमा कांग्रेस र माओवादी केन्द्रका जीवित तथा स्वर्गीय नेताहरू धेरै छन् । त्यस्तै सत्तारुढ गठबन्धनकै नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका स्वर्गीय पिता मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गरिएको छ ।
रौतहटका उपाध्याय साहित्यकार थिए ।

Comments

5 responses to “झलनाथलाई राष्ट्र गौरव पदक, प्रचण्डपत्नी र माधव नेपालका स्वर्गीय पिता पनि विभूषित”

  1. तामाङ Avatar
    तामाङ

    यो भन्दा हस्यदमक काम अरु के हुन सक्छ।

  2. sharada prasad dhakal Avatar
    sharada prasad dhakal

    कसले के गरे के ठूलो काम गरे त्यो नै पत्तो छैन जथाभाबी पदक दिनु आफ्नो हात जगन्नाथ भन्ने जस्तै हो ! कस्ता कहाँ गए मुसा चल्ला दरबार ! रास्ट्रको ढुकुटी सिद्ध्याउनेहरुपनी पदकबाट बिभुषित हुनु अनौठो होइन ।

  3. chandra prasad mishra Avatar

    यो भन्दा ठूलो नाटक के नै हुन्छर ? न्यायाधीशको आदेशबाट बनेका प्रधानमन्त्रीले तिनै न्यायधिशलाई गुन तिर्नु परेन त?

  4. Nepali Janta Avatar

    हैन् ! नेपाली संस्कृति र धर्म अनुसार त मरेकालाई पिण्ड दिने हाेईन् र ? साेह्रसाद्ध पनि लागेकाे छ । प्रचण्ड पत्निलाई चाहिँ १७००० जनहत्या गर्न सघाएकाे हुनाले दिईएकाे हाे ? संविधान दिवस भनेको आफ्ना मुद्दा लागेका कार्यकर्तालाई आममाफि, सजाय छुट र आफन्तहरुलाई तक्मा दिने बेदा रैछ, अनि के काे जनताहरुलाई संविधान प्रति श्रद्धा हाेस् त अचम्म भईन्छ हाम्रो देशकाे ताल देखेर 😫😫

  5. BKC Avatar
    BKC

    अव नेता काेघरमन पालेकाे कुकुर र भानछेलनई पनि पदक दिएकाे भए धेरै राम्रो हुनेथियाे । अब अाउदा दिनमा दिनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *