ग्रान्ड फिनालीअघि कमेडी च्याम्पियनका तीनैजना प्रतिस्पर्धीले भने : जसले जितेपनि हाम्रो जित हो (भिडिओसहित)

काठमाडौं । कमेडी च्याम्पियन सिजन २ को ग्रान्ड फिनाली आज राती ९ बजेदेखि सुरु हुँदैछ । ग्रान्ड फिनाली अघि तीनजना अन्तिम प्रतिस्पर्धीले नेपाल प्रेससँग भलाकुसारी गरेका छन् । प्रतिस्पर्धीहरु भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापाले आफूहरुले जित्ने आत्मविश्वास व्यक्त गरे । संक्षिप्त भिडिओ अन्तर्वार्तामा कुन प्रतिस्पर्धीले के भने ?

भरतमणी : ढुकढुक भैरहेको छ । हामी सबैलाई ढुकढुक भैरहेको छ । अरुले जित्दा पनि हामी खुशि नै हुन्छौं । हामीले सकेको गरेका छौं । यसको मूल्यांकन दर्शकले गर्नुहुन्छ । कमेडी च्याम्पियनजस्तो बेस्ट प्लेटफर्म भेटेको हो । जसरी पनि जित्छु भन्ने आशा थियो ।

जसले जितेपनि खुशि नै हुन्छु । इमान्दारीपूर्वक भएर भन्दा अघिल्ला साथीहरुलाई फलो गरेर आएका हौं हामी । भोलिको दिनमा पनि हामी केही गर्न चाहन्छौं कमेडी क्षेत्रमा । जानेको र बुझेको कुरालाई प्रस्तुत दिनेनै छौं । हामीलाई पनि डर लागेको छ । दर्शकले विजेता छानिसक्नु भएको होला । म डराउनु भनेको सबै दर्शक डराउनु हो ।

हामी कारको लागि लडेको होइन । यो त प्राइज मात्र हो । हामीले निखारता देखाउन पाएका छौं । जसले कार जितेपनि हामीले हामीले सँगै कुदाउने निर्णय गर्‍यौं । सहकार्य गर्दा यो कार हामीले नै युज गर्छौै ।

विक्की : रिजल्टले माइन्ड अकुपाइड भएको छ । टाढाबाट फस्ट टाइम जित्छु भनेरै आएको हो । भाग्य पल्टिने कुरा म गर्दिन । क्वालिटी अनुभव पाएको छु । जसले जितेपनि जित्ने नै हो । मोटिभेट भएर आएँ गाउँ पुग्दा । सबैको माया र मोटिभेटसनले हामी यहाँ छौं ।

सन्तोष : हामी तीनको जितभन्दा पनि कमेडीको जित हो । म सिकारु हुँ । दाईहरुले भोगेका अनुभव सेयर गरेका हौं । जित एउटाको भएपनि हामीले हाम्रो यात्रालाई रमाइलो तरिकाले अघि बढ्न र कमेडीलाई चिन्ने मौका पाइयो । जिल्लामा जाँदा सोचेको भन्दा फरक भेटियो । त्यहाँ भेट्दा उहाँहरुको माया पाइयो । उहाँहरुको समर्थन देख्दा राम्रै काम गरेको महसुस भयो । गर्व महसुस भयो ।

Comments

One response to “ग्रान्ड फिनालीअघि कमेडी च्याम्पियनका तीनैजना प्रतिस्पर्धीले भने : जसले जितेपनि हाम्रो जित हो (भिडिओसहित)”

  1. हरि Avatar
    हरि

    कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कमेडी च्याम्पियन ‘सिजन २’ को आज निर्णायक दिन। प्रत्यक्षमा हसाउन खोजेपनि भरतमणि पौडेल बिषयको गहिराइमा पुग्न असमर्थ देखिए। बिक्की अग्रवाल सिर्जनात्मक त हुन् तर ‘स्टान्डअप कमेडी’मा अमुर्त सिर्जनाको के अर्थ? जीवन्त प्रतिभा भएका तर अपेक्षित चर्चा र ‘मार्केट’ नपाईरहेका सन्तोष थापा यो च्याम्पियनका पुरा हकदार हुन्। हेरौं, निर्णायक र मतदाताले कसरी बुझे?

Leave a Reply

Your email address will not be published. Required fields are marked *