कनैया कुमारले भेटे राहुल गान्धी, कांग्रेसमा प्रवेश गर्न लागेको चर्चा

दिल्ली । विद्यार्थी राजनीतिबाट उदाएका भारतीय कम्युनिष्ट पार्टीका नेता कनैया कुमारले भारतीय कांग्रेस आईका नेता राहुल गान्धीसँग भेटवार्ता गरेका छन्।

इन्डिया टुडेका अनुसार हालै उनले गान्धीसँग भेट गरेका थिए र उक्त भेटपछि कुमार कांग्रेसमा प्रवेश गर्ने चर्चा समेत चलेको छ।

कांग्रेस प्रवक्ता रनदीप सिंहले भने यसबारे टिप्प्णी गर्न अस्वीकार गरे। ‘धेरै मान्छेले राहुल गान्धीसँग भेट्नछन् र मुद्दामा छलफल गर्छन्,’ उनले भनेका छन्, ‘म यसबारे टिप्पणी गर्न चाहान्नँ । यदि केही भए हामी घोषणा गरिहाल्छौं।’

कांग्रेसको बिहार प्रदेश प्रमुख घोषणा भएपछि कुमारले कांग्रेस प्रवेश गर्न सक्ने पनि बताइएको छ।

कुमार भारतीय कम्युनिष्ट पार्टीबाट लोकसभा निर्वाचनमा उम्मेदवार बनेका थिए तर पराजित भएका थिए।

जवाहरलाल नेहरु विश्व विद्यालयबाट विद्यावारिधि गरेका कनैयाले त्यहाँ चर्केको विद्यार्थी आन्दोलनबाट चर्चा पाएका थिए। उनी त्यहाँका छात्र संघका अध्यक्ष पनि थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *