गाउँपालिका उपाध्यक्षको टिकटकले कुर्मराज शाही फेरि चर्चामा

सुर्खेत । कर्णालीका कृषि मन्त्री कुर्मराज शाहीलाई विवादले पिछा छोडिरहेको छैन । आफ्नै स्वकीय सचिवकी श्रीमतीसँगको सेक्स स्क्यान्डलमा मुछिएका उनको अहिले अर्को गाईंगुईं सुरु भएको छ ।

शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष पम्फा शाहीले हिजो आफ्नो टिकटक अकाउन्टबाट एउटा भिडियो हालिन् । भिडियोमा कुर्मराज शाहीको तस्बिर प्रयोग गरिएको थियो, र राखिएको थियो रोमान्टिक गीत । एउटा पुलको रेलिङमा बिन्दास पोजमा उभिएका मन्त्री शाहीको तस्बिरमा पम्फाले राखेको गीतको बोल छ, ‘यो मुटुको धड्कन हौ तिमी, मैले फेर्ने हर सासमा छौ तिमी…’

पम्फाले यो भिडियो पोष्ट गरेसँगै मन्त्री शाही र उनको सम्वन्धलाई लिएर टिकाटिप्पणी सुरु भएको छ । विभिन्न किसिमका प्रतिक्रिया आउन थालेपछि उनले भिडियो हटाएकी छन् ।

यस विषयमा हामीले पम्फासँग कुरा गर्दा उनले त्यो भिडियो आफ्ना छोराछोरीले हालिदिएको दावी गरिन् ।

‘मेरो छोराहरुले मोबाइल चलाइरहँदा अंकलको फोटो गएछ, पछि मैले डिलिट गर्न लगाएँ,’ उनले भनिन्, ‘आफूलाई त टिकटक चलाउन समेत आउँदैन ।’

पम्फाको परिवार कालिकोटको सदरमुकाम मान्ममा रहेको मन्त्री शाहीको घरमा बस्दै आएको छ । मन्त्री शाही आफू मन्त्री क्वार्टरमा बस्छन् भने उनकी पत्नी शुभकालिका गाउँपालिकामा रहेको अर्को घरमा बस्छिन् ।

पम्फा भन्छिन्, ‘हो, हामी सपरीवार ४ वर्षदेखि उहाँको घरमा बसिरहेका छौं । उहाँको घर नै हाम्रो जिम्मामा छ । उहाँ आएको बेला एउटै भान्सामा खान्छौं । हामी मिलेको देखेर फटाहा मान्छेहरुले पोइल लिन सक्छ भनेछन् । भन्नेले भन्दै गरुन् । हामीबीच नराम्रो सम्वन्ध केही छैन । उहाँले म र मेरो श्रीमानलाई छोरा-बुहारीजस्तो गरेर राख्नुभएको छ ।’

उनले थपिन्, ‘यदि मेरो उहाँसँग त्यस्तो नराम्रो केही थियो भने मलाई परिवारले पनि त भन्थ्यो होला नि ।’

मन्त्री शाहीका भुतपूर्व स्वकीय सचिवले आफूविरुद्ध अफवाह फैलाइरहेको उनको आरोप छ ।

गाउँपालिकाका उपाध्यक्ष पम्फालाई मन्त्री शाहीले नै गत स्थानीय चुनावमा टिकट दिलाएको चर्चा चल्ने गरेको छ । उनी उपाध्यक्ष निर्वाचित भएको बेला कालिकोटको मान्मस्थित खाँडाचक्रमा कुर्मराजले घर बनाइरहेका थिए । त्यही घरमा पम्फाको परिवार बस्दै आएको हो । पम्फा शाहीका श्रीमान शिक्षक छन् । उनीहरुका ८ र ९ वर्षका दुई छोरा छन् ।

गएको असारमा मन्त्री शाही र पम्फाबीच अवैध सम्वन्ध रहेको हल्ला व्यापक बनेको थियो । यसले टोलमा ठूलो रुप लिएपछि पम्फाले त्यो हल्ला गलत भएको भन्दै देवता छुवाछुत (देवताको मुर्ति छोएर कसम खाने) गरेकी थिइन् ।

Comments

2 responses to “गाउँपालिका उपाध्यक्षको टिकटकले कुर्मराज शाही फेरि चर्चामा”

  1. पूर्णसिंह बम Avatar
    पूर्णसिंह बम

    हैन को पित पत्रकारिता अराजक रैछ यो समाचार लेख्ने, ब्यक्तिगत जिवनमा दखल राख्ने ? आ-आफ्नो जीवन हो । नातेदारले फोटो नै राख्न पाइदैन भन्ने कहाँ छ र ? शब्दको भावको विश्लेषण गर्ने भाषा बिज्ञ को चैते रैछ । खास यस्तो समाचार लेख्ने कसैको चम्चे पत्रकार हुनुपर्छ । बौद्धिक बिकास भएको पत्रकार हुँदै होईन । लाज पचाएका छि ! समाचार लेख्न पनि सिमा हुन्छ नि ।

  2. Indra Avatar

    यो कर्णालीका कृषि मन्त्री कुर्मराज शाही त कातिके कुकुर नै रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *