लुम्बिनी पत्रकार महासंघका सदस्य चौहानको निधन

रूपन्देही । नेपाल पत्रकार महासंघ लुम्बिनीका सदस्य बिन्दु चौहानको गएराती उपचारका क्रममा मृत्यु भएको छ।

मंगलबार राति रूपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा निधन भएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए।

रूपन्देहीको लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका चौहान ३ दिनअघि निमोनिया देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । अवस्था गम्भीर भएसँगै युसिएमएसमा रिफर गरिए पनि निधन भएको हो ।

चौहान नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देही शाखाका पुर्व कार्यसमिति सदस्य समेत हुन्। ४५ वर्षीय चौहानका श्रीमती, ४ छोरा र ३ छोरी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *