टोपबहादुरलाई महेश बस्नेतको साथ, अर्घाखाँचीका एमाले उत्साही

रुपन्देही । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई साथ दिन अर्का नेता महेश बस्नेत अर्घाखाँची आएका छन् ।

युवापंक्तिमा प्रिय नेता बस्नेत रायमाझीको गृहजिल्लामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न यहाँ आएका हुन् ।

भेलामा बस्नेतलाई साक्षी राखेर नेता रायमाझीले एमालेमा अब युवा पिंढीले पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

रायमाझीले देशव्यापी रुपमा नेकपा एमालेको जनलहर देखेर सबै शक्ति मिलेर एमालेविरुद्ध गठबन्धन बनाएको पनि बताएका छन् ।

नेकपा माओवादी अध्यक्ष प्रचण्ड एक्लिँदै गएको उनकै अभिव्यक्तिले प्रष्ट पारेको बताउँदै उनले भने– आफू एक्लिएको बताउँदै हिंड्न थालेका छन्, त्यो वास्तविक हो, यो कसैले बनाएको होइन, प्रचण्ड आफैंले गल्ती गरेकाले यस्तो भएको हो ।

सभामुख अग्नीप्रसाद सापकोटाले पदीय मर्यादा भुलेर प्रचण्ड र माधव नेपालको गोटी बनेको उनले आरोप लगाएका छन् ।

नेकपा एमालेका युवा नेता तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले वर्तमान सरकारविरुद्ध व्यवस्थित ढंगले अघि बढ्ने बताए । नेता बस्नेतले आफ्ना नेता कार्यक्रर्तालाई परमादेश सरकारले दमन गरेको बताए ।

अहिलेको सरकारले केपी ओलीले गरेको सबै राम्रो कामलाई निस्तेज गर्दै लगेको उनको आरोप छ ।

नेता बस्नेतले अर्थमन्त्री जनार्दन शर्मामार्फत कालो धनलाई सेतो धन बनाउने अभियान सुरु भएको बताए । तर, आफूहले सरकारको यो अभियानलाई कडा प्रतिवाद गरी सफल हुन नदिने बताए ।

बस्नेतले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू प्रधानमन्त्री बन्नको लागि राजाको खुट्टामा दाम चढाएको र पहिलेदेखि नै पदको लोभी भएको आरोप लगाए ।

रायमाझी र बस्नेतको सम्बोधनसँगै अगुवा कार्यकर्ता भेलाको उपस्थितिले अर्घाखाँचीका एमाले उत्साही भएका छन् ।

Comments

One response to “टोपबहादुरलाई महेश बस्नेतको साथ, अर्घाखाँचीका एमाले उत्साही”

  1. bishnu bashyal Avatar
    bishnu bashyal

    सबै कुरा हुन्छ हाम्रो पलान

Leave a Reply

Your email address will not be published. Required fields are marked *