सिपी गजुरेलको दावी- अमेरिका एमसीसीको माध्यमबाट नेपालको युरेनियम कब्जा चाहन्छ

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले अमेरिका एमसीसीमार्फत नेपालको जलस्रोत र महत्वपूर्ण धातु कब्जा गर्न चाहिरहेको दावी गरेका छन्।

सोमबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले नेपालमा युरेनियम भएको र त्यो कब्जा गर्न चाहेको दावी गरेका छन्।

‘युरेनियमको प्रयोगलाई प्रमाणु बम बनाउन प्रयोग गरिन्छ, नेपालमा यूरेनियम छ भन्ने अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अमेरिका युरेनियम कब्जा गर्न चाहान्छ । नेपालको जलस्रोत अमेरिका कब्जा गर्न चाहान्छ ।’

गजुरेलले थपे, ‘नेपालको बहुमुल्य धातु अमेरिकाले कब्जा गरोस् भन्ने हामी चाहँदैनौं, त्यसकारण हामी एमसीसी चाहँदैनौं ।’

उनले नेपालको भूमि प्रयोग गरेर चीनलाई घेर्न पनि अमेरिकाले एमसीसीमा जोड गरेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *