नेकपा एस रोजेका घोडाघोडीका २ वडा सदस्य एमालेमै फर्किए, भन्छन्– फटाहरूले भ्रममा राखे

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१० का दुई जना वडा सदस्य पुन एमालेमा फर्किएका छन् ।

वडा सदस्य इन्दुदेवी चौधरी र हसिना विकले एक विज्ञप्ति जारी गर्दै आफूहरू एमालेमै रहेको जनाएका हुन् । उनीहरु दुबै जनाले भदौ २२ गते एमाले विभाजन भएर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

नेकपा एकीकृत समाजवादी रोजेको एक साता नपुग्दै उनीहरु दुबै जनाले शनिबार आफूहरूलाई भ्रममा राखेर सनाखत गराइएको भन्दै एमालेमै रहेको जनाएका हुन् ।

‘जाली फटाहरूले नेकपा एमालेलाई चोइट्याएर अलग भएको सानो झुन्डले हामी सिधा जनप्रतिनिधिलाई लोभ लालज र धम्कीपूर्ण शैलीमा निर्वाचन कार्यालय धनगढीमा लगी अब देखि तपाईंहरूको सेवा सुविधा यहाँबाट हुने भनी भ्रममा पारि पार्टी परित्याग गर्न लगाइ फरक दल रोज्न लगाइ गुमराहमा पारिएकोका हामी नेकपा एकीकृत समाजवादीमा नभई आफ्नै पार्टी नेकपा एमालेमै रहेको जानकारी को लागि यो विज्ञप्ति जारी गरेका छौं।’ दुबै जनप्रतिनिधि संयुक्त रुपमा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।

शनिबार बसेको वडा कमिटीको पहिलो बैठकमा दुई जनप्रतिनिधिले विज्ञप्ति जारी गरेर एमालेमै रहेको जनाएको बिषयमा जानकारी गराइएको वडा कमिटी अध्यक्ष पूर्ण बडूवालले बताए ।

‘उहाँहरूले एमाले छोड्नै सक्नुहुन्थेन । लोभ लालज र धम्की दिइएको रहेछ’ उनले भने, ‘‘यस्ता लोभ लालज र धम्कीबाट एमाले छोडेकाहरूलाई पनि हामी एमालेमै फर्काउने अभियानमा छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *