ईश्वर पोखरेलेको निष्कर्ष- पार्टी विभाजनले एमालेलाई दुई प्रतिशत पनि असर गर्दैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले क्रमश: एकीकृत समाजवादीमा लागेकाहरु पनि एमालेमै फर्कने क्रम बढेको बताएका छन् । उनले केही समयपछि एमालेका दुई प्रतिशत नेता कार्यकर्ता पनि एकीकृत समाजवादीमा नहुने दावी गरे ।

शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित ब्हद् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको भन्दै केपी ओली नेतृत्वको पोलले आर्थिक विकास र समृद्धिको पक्षमा रहेको बताए । राष्ट्रिय राजनीतिको अर्को ध्रुव गठबन्धनवालाहरुमा अवसरवादी र सिद्धान्तहीनहरु मात्र भएको उनको टिप्पणी छ ।

‘आज हाम्रै पार्टीभित्र पनि देखापरेका गलत कुराहरुसँग जुध्ने आँट गर्नुपर्छ’, उनले भने, ‘हामी यो लडाइँमा कहिल्यै थाक्नेछैनौँ ।’

महासचिव पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नुपर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *