काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दै छ । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ९ बजे बैठक बस्न लागेको हो।
एमालेको विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो । हिजो बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो।
विधान महाधिवेशनका प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे बैठकमा छलफल हुने छ । त्यसका अलवा पार्टी विभाजन र संसदमा एमालले खेल्नुपर्ने भूमिकाबारे पनि छलफल हुने तामाङले जानकारी दिए।
एमालेले असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्दै छ ।

Leave a Reply