प्रेम सुवालले पेस नै नगरेको प्रस्ताव सभामुखद्वारा अश्वीकृत भएको घोषणा, त्यसपछि चल्यो सवालजवाफ (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी र अवरोधबीच सभामुख अग्नि प्रसाद सापकोटा र नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालबीच सवाल जवाफ भएको छ ।

सभामुखले आर्थिक अध्यादेश अश्वीकार गर्ने प्रस्ताव पेस गर्न सुवाललाई आफू बसेकै ठाउँबाट बोल्न समय दिएका थिए । तर, सुवालले प्रतिपक्षको नारावाजीका बीच आफ्नो कुरा नसुनिने भन्दै रोष्टमबाट बोल्न पाउँ भनेका थिए ।

त्यसक्रममा केहीबेर सभामुख र सुवालबीच सवालफजवाफ चल्यो । सुवालले आफूले आफ्नो प्रस्ताव नै पेस नगरेको भन्दै त्यसलाई अश्वीकृत गर्ने प्रक्रिया कसरी अघि बढ्यो भन्दै आपत्ति जनाए ।

तर, सभामुखले सुवालले प्रस्ताव फिर्ता लिन नचाहेको भन्दै उनले पेश नै नगरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे । नारावाजी चलिरहेका बेला सभामुखले बहुमतले उक्त प्रस्ताव अश्वीकृत भएको घोषणा गरे ।

सुवाल हात उठाएर विरोध जनाउँदै थिए तर सभामुख अघि बढिरहे । सभामुखसमक्ष उनले रोष्टमबाट बोल्न पाउनुपर्ने माग गरे । तर, सभामुखले उनलाई यथास्थानमा बसेर बोल्न समय दिए ।

सुवाल भने अध्यादेशतिर नगई एमसीसी र मणिपाल कलेज बिक्रीको विरोधमा बोल्न थाले ।

Comments

One response to “प्रेम सुवालले पेस नै नगरेको प्रस्ताव सभामुखद्वारा अश्वीकृत भएको घोषणा, त्यसपछि चल्यो सवालजवाफ (भिडिओ)”

  1. मान बहादुर सिजापति Avatar
    मान बहादुर सिजापति

    संसदीय प्रणालीको सहि पालना गराउन नसक्ने सभामुखले राजीनामा दिनुपर्छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *