वामदेवको राजीनामापत्र: ओलीमाथि आरोपै आरोप

काठमाडौं । एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएका वामदेव गौतमले पार्टी अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाएका छन् । उनको राजीनामापत्र पूर्णरुपमा ओलीप्रति लक्ष्यित छ ।

ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएको गौतमले उल्लेख गरेका छन् । पार्टी अध्यक्षमा निर्वाचित भएपछि ओलीले नवौं राष्ट्रिय महाधिवेसनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अबलम्बन नगरेको उनको आरोप छ ।

‘नेपालको संविधान २०७२ जारी भएपछि पहिलो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७४ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को ‘साझा घोषणा’ लाई तपाईं प्रधानमन्त्री हुनु भएपछी आफ्नो कार्यकाल भरी त्यसलाई लागु गर्नु भएन ।’ गौतमले भनेका छन्, ‘तपाईंले गर्नुभएका कतिपय कामहरूलाई पटक-पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछी पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन।’

पार्टीका समकक्षीहरुलाई अपमान गर्ने, कारवाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अंगालेको गौतमको आरोप छ । राष्ट्रपतिलाई पनि आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरु कार्यान्वयन गर्न दुरुपयोग गरेको उनले राजीनामा पत्रका उल्लेख गरेका छन् ।

गौतमले ओलीसँगको चार दशक पुरानो व्यक्तिगत सम्वन्ध भने मित्रतापूर्ण रहिरहने आशा व्यक्तगरेका छन् ।

हेर्नुस् गौतमको राजीनामापत्रः

Comments

5 responses to “वामदेवको राजीनामापत्र: ओलीमाथि आरोपै आरोप”

  1. केशवराज अवस्थी शिरीष Avatar
    केशवराज अवस्थी शिरीष

    दुइ तिहाइकाे भस्मीकरण बामदेव र नारायणकाजीकाे पदलाेलुपताबाट शुरु भएकाे हाे ,,, एमालेलाई पटक पटक क्षयीकरणकाे बाटाेमा लैजान यी बामदेवकाे मुख्य भूमिका रह्याे ,,, कम्युनिष्ट आन्दाेलनका पींध नभएकाे लाेटा हुन् बामदेव ।।

  2. Sapan Karki Avatar

    aafailai hilo Dalera phohori ko danka phuknu nepali rajnitiko bisesta

  3. Janak Chaudhary Avatar
    Janak Chaudhary

    नेकपा एमालेमा ७० वर्ष पूरा भएकाहरूका सम्बन्धमा महाधिवेशनबाट जे निर्णय भएको छ त्यस बारेमा किन बोल्नु भएन बामदेव गौतम कामरेड ?
    त्यो निर्णयले अब तपाई न पार्टीको अध्यक्ष बन्न सक्नु हुन्छ, न त निर्वाचनमा उठन नै ! त्यसैले त यो राजीनामा दिनु भयो !

  4. गोकुल लामिछाने Avatar
    गोकुल लामिछाने

    जो देश को १ नं भ्रष्टाचारी हो उसैको ठूलो स्वर अब ओली को रिस गरेर अब राजनिति बन्ने वाला छैन ।

  5. Ashim tripathi Avatar
    Ashim tripathi

    बामदेब कम्रेट तपाई ब्यक्तिगत रुपमा रूष्ट हुनु भएको हो वलिसँग…यो तपाईको पाटि भित्र कुनै पद नपाएकाले राजिनामा दिएको हो ! माकुनेले पनि सेकेण्ड अध्यक्ष दिन्छ भनेर लागेका छाै उत्तानो फर्किन्छाै ढुक्क हाै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *