रुपन्देहीका प्रतिष्ठित उद्योगी अनिल जटियाको निधन

रूपन्देही । रुपन्देहीका प्रतिष्ठित उद्योगी अनिल जाटियाको मृत्यु भएको छ। गएराति काठमाडौंमा उनको हृदयघातका कारण मृत्यु भएको हो ।

काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित एसियन कङक्रिटको कार्यक्रम सकेर घरमा पुगेर गाडीबाट झर्ने बेलामा एक्कासी सास फेर्न अप्ठ्यारो भएपछि उनलाई अस्पताल लगिएको एसियन कङक्रिटका सञ्चालक मनिष रुङगाटाले जानकारी दिए।

सिद्धार्थ उद्योग वाणिज्य संघका एसोसिएट उपाध्यक्ष अरुण गोयन्काले जाटियाको निधनले नेपालकै औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन्।

५९ वर्षीय जाटिया एसियन कङक्रिटो, जगदम्बा सेन्थेटिकका सञ्चालक हुन् भने शंकर ग्रुपअन्तरगतका उद्योगहरुमा पनि उनको लगानी छ ।

उनको पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ। जाटियाका श्रीमति र एक छोरा छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *