प्रचण्डको दावी- मधेसमा छिट्टै कब्जा जमाउँछौं, माओवादी पहिलो पार्टी नभइ देश बन्दैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल‘प्रचण्ड’ ले आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने दावी गरेका छन् ।

सर्लाही-काठमाडौं सम्पर्क समितिले राजधानीमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउनेछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ ।’

माओवादी फेरि एक नम्बर पार्टी नभइ देशमा राजनीतिक स्थायित्व र विकास नहुने दावी गर्दै प्रचण्डले अभियान लिएर गाउँ-गाउँ जान कार्यकर्तालाई आग्रह पनि गरे । ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उनले भने, ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’

सरकारलाई पूर्णता दिने विषयमा आज पनि छलफल भएको बताउँदै उनले भोलि पनि बसेर यसबारेमा ठोस कुरा हुने जानकारी दिए । प्रचण्डले छिट्टै प्रदेश १ को सरकार ढल्ने बताएका छन् ।

Comments

2 responses to “प्रचण्डको दावी- मधेसमा छिट्टै कब्जा जमाउँछौं, माओवादी पहिलो पार्टी नभइ देश बन्दैन”

  1. समिर Avatar
    समिर

    म प्रधानमन्त्री नभई भन्नु पर्ने जिब्रो चिप्लिएछ महामानवज्यूकाे

  2. shojhoketo Avatar

    कब्जा जमाउनु भनेको मदेस प्रति सम्मानजनक अभिब्यक्ति हो कि हेपाहा अभिब्यक्ति हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *