बलात्कार आरोपी मन्त्री शाही बर्खास्तको माग गर्दै प्रदर्शन, युवासंघले घेर्यो कर्णाली मुख्यमन्त्री कार्यालय

सुर्खेत । बलात्कारको आरोप लागेका कर्णाली सरकारका भूमि व्यवस्था तथा सहकारीमन्त्री कुर्मराज शाहीको बर्खास्तीको माग गर्दै नेकपा एमालेनिकट युवा–विद्यार्थीले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् ।

युवासंघ नेपाल र अनेरास्ववियुले मन्त्री शाहीको बर्खास्ती माग गर्दै आज मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् ।

‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री भएका शाहीलाई आफ्नै स्वकीय सचिवकी श्रीमती बलात्कारको आरोप लागेको छ ।

मन्त्री बर्खास्तीको माग गर्दै भएको प्रदर्शनमा सयौं एमालेनिकट युवा विद्यार्थीको सहभागिता छ ।

Comments

One response to “बलात्कार आरोपी मन्त्री शाही बर्खास्तको माग गर्दै प्रदर्शन, युवासंघले घेर्यो कर्णाली मुख्यमन्त्री कार्यालय”

  1. खडक हमाल अबिरल Avatar
    खडक हमाल अबिरल

    केही समय पहिले यउटा बैंक मा जमानि बसे बापत खडक बा खत्रि लाई राजिनाम दिन्छु भन्दाभन्दै पद बाट हटाउने यहि कर्णाली प्रदेश का नलायक सरकार महेन्द्र बा शाहि र तेसका असे पासे हरु अहिले किना कता दुलोमा लुकेर बसेेका छन कि माउबादि मा यस्तो पहिले देखि छुट र नत्र यसलाई पनि कारबाहि हुन जरुरि छ लाल सलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *