एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

काठमाडौं । एमाले फुटाएर नयाँ गठन गरिएको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको सांसद मेटमणि चौधरीले नेपाल प्रेसलाई बताए । गठबन्धन सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीमा संघीय संसदमा ३० सांसद छन् ।

Comments

One response to “एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    नैतिकता गुमाएको सभामुख भएको देश बनेको छ नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *