टिकटकले सर्च रिजल्टबाट हटायो ‘मिल्क क्रेट च्यालेन्ज’

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको ‘मिल्क क्रेट च्यालेन्ज’लाई सर्ट भिडियो प्लेटफर्म टिकटकले सर्च रिजल्टमा प्रतिबन्ध लगाएको छ ।

दूधको क्रेट खात लगाएर त्यसमाथि चढेर पार गर्ने च्यालेन्जलाई ‘मिल्क क्रेट’ च्यालेन्ज भनेर अहिले भिडियो बनाउने लहर नै चलेको छ । तर, अग्लो खात बनाएर चढेर पार गर्ने क्रममा लडेर चोट लाग्ने सम्भावना पनि धेरै देखिन्छ ।

त्यसैले टिकटकमा मानिसले त्यो भिडियो खोजेर हेर्दा उनीहरूलाई पनि त्यसै गर्न मन लाग्ने सम्भावना धेरै भएकाले जोखिम कम गर्न टिकटकले सर्च रिजल्टमा यस्ता भिडियो नदेखाउने भएको हो ।

यो ट्रेन्ड सुरु भएको प्लेटफर्म- टिकटकमै अहिले ह्यासट्याग तथा सर्चमा गएर त्यो च्यालेन्ज खोज्दा नतिजामा ‘नो रिजल्ट फाउन्ड’ देखाउन थालेको छ ।

‘तपाईँले खोजेको कन्टेन्टले हाम्रो गाइडलाइन भायोलेट गर्छ । सुरक्षित र सकारात्मक कुराको प्रोमोसन गर्नु टिकटकको पहिलो प्राथमिकतामा पर्छ,’ टिकटकको सर्च रिजल्टमा भनिएको छ, ‘अझै धेरै जानकारीका लागि हाम्रो कम्युनिटी गाइडलाइन पढ्नुहोस् ।’

टिकटकका प्रवक्ताले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग त्यो भिडियो बनाउने क्रममा जटिल चोट लाग्न सक्ने भएकाले प्रतिबन्ध लगाइएको प्रतिक्रिया दिएका छन् ।

Comments

One response to “टिकटकले सर्च रिजल्टबाट हटायो ‘मिल्क क्रेट च्यालेन्ज’”

Leave a Reply

Your email address will not be published. Required fields are marked *