प्रतिनिधिसभाको दोस्रो विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइ गर्न बनेको संवैधानिक इजलासलाई कम्फरटेबल बनाउन न्यायाधीश नै संलग्न भएर न्यायिक नैतिकताको चीरहरण गरिएको तीन महिना पनि बितेको छैन ।
वरिष्ठतम न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईले अन्य दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठसँग बेन्च शेयर नगर्ने भनेर लिखित आदेश दिनुअघि तत्कालीन संवैधानिक इजलासमा यस्तो वातावरण बनाइएको थियो कि, ती दुई न्यायाधीश अयोग्य र निर्देशित छन् ।
इजलासभित्र र बाहिरबाट हुलहुज्जतकै शैलीमा दबाब दिएर ‘कम्फरटेबल इजलास’ पुनर्गठन गरिएको तीन महिना नपुग्दै सर्वोच्चमा फेरि उही दृष्य दोहोरिएको छ । श्रीमान् ईश्वर खतिवडाको विद्वत कलमबाट लेखिएको असार २८ को ‘ऐतिहासिक फैसला’ विपरीत संवैधानिक इजलासबारे फेरि कार्की र खतिवडाकै गुटले इजलासमा हिजोका तीनै वकिलमार्फत बखेडा सिर्जना हुनुले हाम्रो न्यायपालिकाको चीरहरण गर्न न्यायाधीश र वकिलहरू नै नियोजितरूपमा लागेका छन् भन्न सकिन्छ ।
असार २८ को ‘ऐतिहासिक फैसला’ मात्र होइन अचेल राजनीति गाँसिएका मुद्दाको फैसला सर्वोच्च अदालतको इजलासमा होइन अन्यत्रै लेखिन्छन् भन्ने आरोप छ । कम्फरटेबल इजलास गठन गर्न हुनेगरेका घेराबन्दी र मिडिया तथा चार पूर्वप्रधानन्यायाधीशका ट्रायलहरूले यी आरोपको पुष्टी हुने गरेका छन् ।
मुलतः राजनीतिक प्रकृतिका मुद्दा कुन न्यायाधीशको इजलासमा परेपछि कस्तो आदेश वा फैसला आउछन् भन्ने अनुमान राजनीतिमा चासो राख्ने सामान्य मान्छेले पनि लगाउन थाल्नु न्यायपालिकाका लागि दुर्भाग्य हो । तर, यस्तै भइरहेको छ ।
इजलासभित्र र बाहिरबाट हुलहुज्जतकै शैलीमा दबाब दिएर ‘कम्फरटेबल इजलास’ पुनर्गठन गरिएको तीन महिना नपुग्दै सर्वोच्चमा फेरि उही दृष्य दोहोरिएको छ । श्रीमान् ईश्वर खतिवडाको विद्वत कलमबाट लेखिएको असार २८ को ‘ऐतिहासिक फैसला’ विपरीत संवैधानिक इजलासबारे फेरि कार्की र खतिवडाकै गुटले इजलासमा हिजोका तीनै वकिलमार्फत बखेडा सिर्जना हुनुले हाम्रो न्यायपालिकाको चीरहरण गर्न न्यायाधीश र वकिलहरू नै नियोजित रुपमा लागेका छन् भन्न सकिन्छ ।
असार २८ को ‘ऐतिहासिक फैसला’ मात्र होइन अचेल राजनीति गाँसिएका मुद्दाको फैसला सर्वोच्च अदालतको इजलासमा होइन अन्यत्रै लेखिन्छन् भन्ने आरोप छ । कम्फरटेबल इजलास गठन गर्न हुनेगरेका घेराबन्दी र मिडिया तथा चार पूर्वप्रधानन्यायाधीशका ट्रायलहरूले यी आरोपको पुष्टी हुने गरेका छन् ।
मुलतः राजनीतिक प्रकृतिका मुद्दा कुन न्यायाधीशको इजलासमा परेपछि कस्तो आदेश वा फैसला आउँछन् भन्ने अनुमान राजनीतिमा चासो राख्ने सामान्य मान्छेले पनि लगाउन थाल्नु न्यायपालिकाका लागि दुर्भाग्य हो । तर, यस्तै भइरहेको छ ।
न्यायपालिकाको शीर मानिने सर्वोच्च अदालतलाई कानून र संविधानको अन्तिम व्याख्याता मानिन्छ । हाम्रो संविधानले पनि त्यसलाई मानेको छ । त्यसैकारण अदालतबाट आएका अन्तिम निर्णयलाई सबैले मान्नुपर्छ भन्ने परिपाटी बसेको हो । तर, पछिल्लो समयमा अदालतले गरेका फैसलाहरू एकपछि अर्को गर्दै विवादित बन्नु गम्भीर चिन्ताको विषय बन्न गएको छ ।
आरक्षणका सम्बन्धमा सर्वोच्च अदालतले हालै गरेको फैसलाका विपक्षमा एउटा तप्काले आन्दोलन घोषणा गरेको छ । असार २८ गते अदालतबाट जारी भएको ऐतिहासिक परमादेशको गहिराइमा पुगेर विज्ञहरूले अध्ययन गर्दा त्यसमा प्रशस्त समस्याहरू देखिएका छन् । एकै मुद्दामा अन्तरिम आदेशद्वारा एउटा पक्षलाई क्षति गराइसकेपछि मात्रै अन्तिम फैसलामा त्यसलाई सच्याइएको पनि यसबीचमा देखिन गएको छ । एकैछिनको जय-पराजयलाई छोडेर विचार गर्दा विगतका केहि महिनामा राजनीति जसरी स्खलित भएको छ, अदालतको कार्यक्षमता पनि त्यसैगरी प्रश्नको घेरामा पर्न गएको छ ।
गत असार २८ को ऐतिहासिक फैसलाबारे हामीले विगत दुई हप्तामा शृंखलाबद्ध रुपले प्रकाशन गरेका अनुसन्धानात्मक विश्लेषणको विश्वसनीयतामा कुनै आशंका नदेखिएपछि मात्र तिनलाई पाठकसामु ल्याउन शुरू गरेका हौँ । त्यसमा अझै गम्भीर विषयहरू आउन बाँकी नै छन् ।
हालसम्म हामीले प्रकाशन गरेका तथ्य अनुसार असार २८ को फैसलामा अन्तर्राष्ट्रिय अभ्यासको उल्लेख गर्दा धेरै गल्तीहरू भएका छन् । जे जति मुलुकका अनुभव उल्लेख छन् तिनमा तथ्यगत र सैद्धान्तिक गल्ती देखिनुलाई सानोतिनो विषय मान्न सकिन्न । मानवीय त्रुटी मात्र नभएर कार्यक्षमतामा प्रश्न उठाउने ठाउँमा यसले हामीलाई पुर्याएको छ । विकिपेडियाबाट कतिपय सन्दर्भ सामाग्रीहरू हेर्नै नहुने भन्ने हुँदैन । हेर्न मिल्छ, तर त्यसका तथ्यमा थप अनुसन्धान चाहिन्छ र तिनको विश्वसनीयता प्रमाणित हुनुपर्दछ ।
देशको बहालवाला प्रधानमन्त्री हटाउन र नयाँ प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउबालाई नियुक्त गर्न सर्वोच्च अदालतले असार २८ गते जारी गरेको परमादेशमा गलत तथ्यहरू समावेश भएको वास्तविकता प्रमाणसहित सार्वजनिक भएपछि सम्पूर्ण मुलुक यसबेला छाँगाबाट खसेजस्तो भएको छ । अदालतका फैसला सबैले मान्नुपर्ने हुनाले फैसला तत्काल कार्यान्वयन हुनुपर्छ भनी हामी सबैले आवाज उठायौं । त्यो आवश्यक पनि थियो । तर, फैसलाका कतिपय विषय सामुन्ने आउँदा त्यसले न्यायिक नैतिकताउपर नराम्रो धब्बा लाग्ने देखिएको छ ।
हाम्रा आलेखका कतिपय ठाउँमा अतिवादी भाषा प्रयोग भएको भन्ने सुझाव हामीलाई प्राप्त भएको छ । जवाफमा हामीले भन्ने गरेका छौं- फैसलाको भाषा जस्तो छ, त्यसै अनुसारको तथ्यगत समालोचना हो प्रस्तुत शृंखला । देशको सर्वोच्च न्यायालयबाट अध्ययन, चिन्तन र व्यवहारमा गहिराइ अपेक्षित हुन्छ नै । त्यो पालना नहुँदा उत्तिकै तीखो आलोचना पनि हुन्छ । यसको अभिप्राय न्यायालयलाई न्यायकै मन्दिरको रूपमा कायम राख्न सघाउनु हो । नागरिकले न्यायको आशा राख्ने एक मात्र ठाउँमा यस्तो प्रकारको कमजोरी हुनु हुँदैन । हामी सर्वोच्च अदालतप्रति नागरिकको आस्था र भरोसा बलियो रहोस् भन्ने चाहन्छौं । अदालतलाई सघाउन चाहान्छौं । हाम्रो अध्ययनमा पनि सीमाहरू छन् । अब यतिका प्रश्न उठिसकेपछि अदालतले आफैं यसको अध्ययन गर्नु श्रेयस्कर हुन्छ ।
हामी स्वतन्त्र र निर्भीक पत्रकारितामा विश्वास गर्छौं । कार्यपालिका, व्यस्थापिका र न्यायपालिकासहित समाजका विकृत पक्षहरू सामुन्नेमा ल्याउनु पत्रकारिताको धर्म हो । यसले राज्यलाई बलियो पार्ने हुनाले नै संविधानले पूर्णप्रेस स्वतन्त्रता सुनिश्चित गरेको हो । गल्ती औंल्याउनु संचारमाध्यमको धर्म नै हो ।
मुलुकको राजनीतिलाई दूरगामीरूपमा प्रभावित पार्ने फैसला सर्वोच्च अदालत स्वयंले यसरी गलत तथ्यको सहारामा गर्नु अस्वाभाविक देखिन्छ । हाम्रो अदालतको गौरवपूर्ण इतिहासका कारण वर्तमानमा पनि हामी यो भन्दा धेरै ठूलो मानकको अपेक्षा गर्दछौं । असार २८ को फैसलाका कमजोरी देखिने धेरै पक्षहरू सार्वजनिक भएपछि यसबारे कुनैपनि सचेत नागरिक मौन रहन हुँदैन र मिल्दैन ।
हालसम्म हामीले प्रकाशन गरेका तथ्य अनुसार असार २८ को फैसलामा अन्तर्राष्ट्रिय अभ्यासको उल्लेख गर्दा धेरै गल्तीहरू भएका छन् । जे जति मुलुकका अनुभव उल्लेख छन् तिनमा तथ्यगत र सैद्धान्तिक गल्ती देखिनुलाई सानोतिनो विषय मान्न सकिन्न । मानवीय त्रुटी मात्र नभएर कार्यक्षमतामा प्रश्न उठाउने ठाउँमा यसले हामीलाई पुर्याएको छ । विकिपेडियाबाट कतिपय सन्दर्भ सामाग्रीहरू हेर्नै नहुने भन्ने हुँदैन । हेर्न मिल्छ, तर त्यसका तथ्यमा थप अनुसन्धान चाहिन्छ र तिनको विश्वसनीयता प्रमाणित हुनुपर्दछ । भारतकै अभ्यास र उदाहरणलाई साभार गर्दा समेत फैसलामा गल्तीहरू देखिएका छन् । सैद्धान्तिक विषयहरूमा फराकिलो अध्ययनको अभाव स्पष्ट देखिएको छ ।
मुलुकको राजनीतिलाई दूरगामीरूपमा प्रभावित पार्ने फैसला सर्वोच्च अदालत स्वयंले यसरी गलत तथ्यको सहारामा गर्नु अस्वाभाविक देखिन्छ । हाम्रो अदालतको गौरवपूर्ण इतिहासका कारण वर्तमानमा पनि हामी यो भन्दा धेरै ठूलो मानकको अपेक्षा गर्दछौं । असार २८ को फैसलाका कमजोरी देखिने धेरै पक्षहरू सार्वजनिक भएपछि यसबारे कुनैपनि सचेत नागरिक मौन रहन हुँदैन र मिल्दैन । नयाँ संविधान जारी भएको पाँच वर्ष पूरा नहुँदै त्यसको व्याख्यामा देखिएका समस्याले हाम्रो संवैधानिक प्रणालीको विश्वसनीयतामा समेत प्रश्नहरू उठ्छन् ।
असार २८ वा आरक्षण वा राजनीतिक दलको आन्तरिक मामिला मात्र होइन, अध्यादेसका सम्बन्धमासमेत न्यायपालिकाले दोहोरो मापदण्ड अपनाएको आशंकालाई विगत केही दिनयता थप बल मिलेको छ । सर्वोच्च अदालतले हालै दिएका अन्तिरम वा अन्तिम फैसला विपरित हुनेगरी, चलिरहेको संसद स्थगन गराएको भोलिपल्टै राजनीतिक दल विभाजनसम्बन्धी विकृत अध्यादेश जारी भयो । त्यसउपर दायर रिटले प्राथमिकता नपाउँदा न्यायिक निष्पक्षताउपर आशंका पैदा भएको हो । उक्त अध्यादेशलाई पनि अदालतका पछिल्ला आदेशअनुरूपको व्यवहार हुने अपेक्षा गर्नु स्वाभाविक हो । नजिर नभएको भए छुट्टै कुरा हुन्थ्यो ।
असार २८ को फैसलासहितका प्रश्नलाई संवैधानिक दायराभित्रैबाट सम्बोधन गर्न न्यायालयले आफैं अग्रसरता देखाउनुको विकल्प छैन । यसबारे प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल ठोस कदम उठाएको खण्डमा न्यायपालिकाप्रतिको सम्मान अझ बलियो हुन जान्छ भन्ने हाम्रो अटल विश्वास छ । यसका लागि प्रधानन्यायाधीशकै नेतृत्वमा वा न्यायपरिषदमा वा विशेषज्ञहरूबाट समेत थप अध्ययन गराउन सकिन्छ र सुधारका उपाय अवलम्बन गर्न सकिन्छ । अदालतका फैसलाहरू अदालत आफैंले सच्याएका उदाहरण छिमेकी भारत र विश्वका राम्रा न्याय प्रणाली भएका मुलुकमा पर्याप्त देखिन्छन् । नागरिक समुदायले यसबारे अझै अवाज मुखरित गर्नुपर्ने देखिन्छ । कमजोरीहरू हुन्छन् । तिनलाई सुधार्नु महानता हो भने मौनताले थप गल्ती गर्न उक्साउँछ । न्यायको जय होस् ।

Leave a Reply