काठमाडौं । संवैधानिक परिषदले गरेका नियुक्तिहरु बदर गर्न माग गर्दै परेका रिटमाथिको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा प्रधान न्यायाधीश बस्न नहुने माग भएको छ ।
प्रधानन्यायाधीशको अध्यक्षतामा गठित इजलासमा सुनुवाइ शुरू भए लगत्तै रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीशको मनसायपूर्वक उपस्थिति रहेको र अध्यादेश आउन पनि राणा जिम्मेवार भएको जिकिर गरेका छन् ।
उनले संवैधानिक परिषदका नियुक्तिमा प्रधानन्यायाधीशले पनि भागबण्डा लिएका र उनका मान्छेले नियुक्ति पाएको कारण इजलास छाड्नुपर्ने र बिदा बस्दा हुने सुझाव दिएका छन् । संविधान अनुसार संवैधानिक इजलासको अध्यक्ष प्रधान न्यायाधीश हुनुपर्छ ।

Leave a Reply