नेप्से १७.६ अंकले बढ्यो, विकास बैंक र जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । यो साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से १७.६ अंकले बढेको छ । विकास बैंक, जलविद्युत, लघुवित्त वित्तीय संस्था र चन्द्रागिरीको सेयरमा बिहीबार लगानीकर्ताको आकर्षण देखिएको छ ।

२३२ कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर खरिद बिक्रीबाट १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर परिसूचक नेप्से ३०९४.०५ अंकको विन्दुमा पुगेको छ भने ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचकसमेत ३.४ अंकले बढेर ५७१.३९ अंकमा पुगेर कारोबार बन्द भएको छ ।

यसैगरी समूहगत परिसूचकतर्फ १३ कम्पनीको कारोबार भएकोमा बैंकिङ, व्यापार, नीर्जीवन बीमा, उत्पादनमुलक, अन्य, जीवन बीमा र लगानी समूहको सेयर कारोबार घटेको छ । विकास बैंक समूह कम्पनीको सुचांक सबैभन्दा धेरै २४१.६५ अंकले बढ्यो । जलविद्यूत समूहका कम्पनी १६९.३७. वित्तीय समूहको सुचाङ्क १२०.२२ अंक र लघुवित्त समूहको सुचाङ्क ३७.५७ अंकले बढेको छ ।

यसैगरी चन्द्रागिरी हिल्स, अरुण भ्याली हाइड्रो, आँखुखोला जलविद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, जीवन विकास लघुवित्त वित्तीय संस्था, खानीखोला हाइड्रोपावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, दिव्यश्वेरी हाइड्रापावर लगायतका कम्पनीहरु सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीले ९३ करोड ८४ लाखको सेयर कारोबार गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *