जीवन विकाससहित १ दर्जन कम्पनीको शेयरमा सकारात्मक सर्किट ब्रेक

काठमाडौं । विगत १ साता देखि घटिरहेको शेयर बजार परिसुचक नेप्से आज भने बढिरहेको छ ।२ बजेसम्मको कारोबारमा शेयर परिसुचक नेप्स करिब २६ अंकले बढ्दै ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहिबार जीवन लघुवित्त वित्तीय संस्था सहित करिब १३ वटा कम्पनी शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । जीवन लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य करिब १० प्रतिशतले बढ्दै ५१९८ रुपैयाँमा कारोबार भइरहेको छ ।

नारायणी डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, माउन्टेन हाइड्रो, नेपाल, रिलायन्स फाइनान्स लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स, अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनी, चन्द्रागिरी हिल्स, पञ्चकन्या माई हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर, दिव्यश्वेरी हाइड्रोपावर कम्पनी लगायतका कम्पनीहरुको शेयर मूल्यमा करिब १० प्रतिशतले बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *