एमाले स्थायी कमिटी बैठक बस्दै, दश बुँदे सहमति कार्यान्वयनको तालिका बनाइने

काठमाडौं । १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन आज नेकपा एमालेको स्थायी समिति बैठक बस्दैछ । माधव नेपालको साथ छाडेका मध्यमार्गी नेताहरुसँग हिजो भएको छलफलपछि आज बैठक बस्न लागेको हो ।

च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा अहिले ११ बजे पछि बैठक सुरु हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए

बालकोटमा सोमबार भएको सहमति अनुसार बस्ने बैठकमा माधव नेपाललाई छाडेका १० जना स्थायी कमिटी सदस्य पनि सहभागी हुँदैछन्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *