प्रेस चौतारी चितवनले जोखिम पत्रकारिता पुरस्कार वितरण गर्ने

चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ ।

प्रेस चौतारी चितवनको शनिवार बसेको विस्तारित बैठकले कोरोना भाइरसको संक्रमण, बाढि, पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो ।

पुरस्कारका लागि पत्रकार छनोट गर्न प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष एवम् पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी र प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवाल रहेको तीन सदस्यीय समिति गठन गरिएको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए ।

समितिले एक साताभित्र दुई जना पत्रकारको नाम सिफारिस गर्नेछ । दुई पत्रकारले जनही १०÷१० हजार रकम पुरस्कार पाउनेछन् ।

पत्रकारलाई दिइने पुरस्कार रकम एनआरएनए जापानका राष्ट्रिय कमिटीका पूर्व सचिव एवम् चितवन समाज जापानका पूर्व अध्यक्ष सरोज कँडेलले प्रायोजन गरेका हुन् ।

यस्तैं, बैठकले प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार दुई जनालाई वितरण गर्ने भएको छ । पत्रकारिता विषय लिएर स्नातक तह र पत्रकारिता विषयमा प्लस टू मा सबैभन्दा धेरै अंक ल्याएर जिल्ला प्रथम हुने एक÷एक जना प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार हरेक बर्ष प्रदान गर्ने निर्णय गरिएको हो ।

पुरस्कारको संयोजन पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले गरेका हुन् । संगठनको बैठकले १५ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ । जसमा अध्यक्ष सुवास पण्डित, सहअध्यक्ष कृष्ण आचार्य, गोविन्द घिमिरे, इन्दिरा दाहाल, मुकुन्द दाहाल, अमीर रामदाम, राजु थापा, ध्रुवराज खनाल, विकास पौडेल, हेमराज रिमाल, सविता दराई, प्रदीप घिमिरे, अमृत काफ्ले, रामशरण गैह्रे र रविना पौडेल रहेको सचिवालय गठन गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *