ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले २०७२ को भुकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा रहेको कुम्भेश्वर महादेव र गजुरको पुजा गरी मन्दिर उद्घाटन गरेका हुन् ।
बिहान ११ बजेको शुभ साइतमा प्रधानमन्त्री र पत्नी आरजु देउवा राणाले पुजा अर्चना गरेकी थिइन् । बैशाख १२ र २९मा आएकाे भुकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो । यसअघि नेपाली काग्रेसका सभापतिको हैसियतमा २०७४ बैशाख ३० गते प्रम देउवाले नै मन्दिरकाे क्षमा पुजा गरेका थिए ।
क्षमापुजा गरी जिर्णोद्धार शुरु गरेको ४ वर्षपछि मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो । मन्दिर जिर्णोद्धार समितिका संयोजक एवं कुम्भेश्वर टोल सुधार समितिका संयोजक अरोजकुमार खड्गीले करिब २ करोड ८२ लाख रुपियाँ लागतमा जिर्णोद्धार सम्पन्न भएको जानकारी दिए ।
लकडाउन र निर्माण समाग्रीको अभावको कारण जिर्णोद्धारमा ढिलाई भएको उनले बताए । समितिको निरन्तर सहयोगको कारण ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गरेको संयोजक खड्गीको भनाई छ ।
मन्दिर पुनर्निर्माणको लागि पुरातत्व विभागले धर्मएस तुल्सी ड्रामा जेभि ललितपुरलाई ठेक्का दिएको थियो । मन्दिर जिर्णोद्धार समितिको संयोजकहरुमा टोल सुधार समितिका अरोजकुमार अध्यक्ष खड्गी, कुम्भेश्वर मन्दिरका पुजारी माधव श्याम शर्मा र वंगलामुखी मन्दिरका द्योपाला पुष्प कपाली रहेका थिए ।
मन्दिर उद्घाटन लगत्तै प्रम देउवा र प्रम पत्नी आरजु देउवाले लगायत कुम्भेश्वर मन्दीर परिसरमा रहेको वंगलामुखी, लगायत मठ मन्दीरको दर्शन गरेका थिए ।


Leave a Reply