लन्डन । समान पेन्सन लगायतको माग गर्दै १३ दिन देखि बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरुको अनसन तोडिएको छ ।
टेन डाउनिङ स्ट्रिटमा ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले भोक हड्ताल थालेका थिए । बेलायत सरकार र अनसन बसेका भूपु गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितीमा जुस पिलाएर अनशन तोडिएको हो ।
भुपू गोर्खाहरुको मागका सम्बन्धमा बेलायतले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो । तस्विर सौजन्य : लन्डन न्यूज

Leave a Reply