काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले आफू माधव नेपाल नेतृत्वको पार्टीमा सामेल नभएको बताएका छन् । जोशीको नाम एमाले समाजवादीको केन्द्रीय सदस्यमा राखेर निर्वाचन आयोगमा पेश भएको छ ।
जोशीले बुधवार साँझ विज्ञप्ति जारी गर्दै आफू एमाले एकताको पक्षमा रहेको र सहमति नलिई नेकपा एमाले समाजवादीको केन्द्रीय सदस्यमा नाम राखिएकोमा आपत्रि जनाएका छन् ।
उनले आफ्नो जिल्ला, प्रदेश र शुभेच्छुकहरुको सल्लाहअनुसार अघि बढ्ने बताएका छन् ।


Leave a Reply