नयाँ पार्टी गठनपछि नेपालले भनेः कम्युनिष्ट आन्दोलनको विसर्जन रोक्न वैधानिक विद्रोह

काठमाडौं । नवगठित नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति कठोर कदम चाल्नुपरेको बताएका छन् । नेकपा एमाले पुनर्गठन र रुपान्तरणको सिलसिलामा वैधानिक विद्रोह गरी नयाँ पार्टी जन्माएको उनको भनाइ छ ।

एमाले समाजवादी पार्टी दर्तापछि जारी गरेको विज्ञप्तिमा नेपालले अध्यक्ष केपी शर्मा ओलीको क्रियाकलापका कारण पार्टी विभाजन निम्तिएको आरोप लगाएका छन् ।

नेपालले विज्ञप्तिमा भनेका छन्, ‘२०७८ साल भदौ १ गते उहाँले पार्टी नेता र सांसदहरुलाई कारवाही गरी गैरकानूनी रुपमा निष्कासन गर्ने तहमा उभिइसकेपछि वाध्य भएर हामीले कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पार्टीको ठूलो पंतिलाई अन्धकार भविष्यतिर धकेल्ने र निराशाको अवस्थामा पुग्न नदिन र नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका लागि हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ । नेकपा एमालेको पुनर्गठन एववम् रुपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने वाध्यकारी अवस्था सिर्जना भएको छ ।’

Comments

2 responses to “नयाँ पार्टी गठनपछि नेपालले भनेः कम्युनिष्ट आन्दोलनको विसर्जन रोक्न वैधानिक विद्रोह”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    नेपालको वामपन्थी राजनीतिमा अझैपनि माधव नेपाललाई आदर्श मानेर कोही पछि लाग्छभने कि उसले वामपन्थी आन्दोलनको चरित्र बुझेको छैन् कि त उ दक्षिणपन्थी अवसरवादी हो अन्यथा बुर्जुवा पार्टीलाई बलियो बनाउने गरी एमाले विभाजन गर्न माधव नेपालले मुख्य भूमिका खेलिरहेको तथ्यलाई किन बुझ्न सकेनन्?

  2. Sbn Avatar
    Sbn

    It is universal truth that well filtered or purified products are always come in small quantity and only rejected residue left behind in quantity so as to Madhab Nepal team.
    Many hypocrites have choosen their path of OLIGAMY.

Leave a Reply

Your email address will not be published. Required fields are marked *