लाइभ : बेलायती प्रधानमन्त्रीको कार्यालयअघि गोर्खाहरुको विरोध प्रदर्शन

लन्डन । आमरण अनसनमा बसेका भूतपूर्व गोर्खाहरुको माग पुरा गर्नको लागि दबाब दिन लन्डनमा विरोध प्रदर्शन सुरु भएको छ । बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिट अगाडि प्रदर्शन सुरु भएको छ ।

लन्डन समय अनुसार आज बेलुका बस्ने बेलायती संसदको बैठक अघि गोर्खाहरुले प्रदर्शन थालेको हुन् । गोर्खा संयुक्त संघर्ष समितिको आयोजनामा सुरु भएको प्रदर्शनमा सयौं नेपालीहरुको सहभागिता छ ।

१२ दिनदेखि धन गुरुङ, ज्ञानराज राई र पुष्पा घले आमरण अनसनमा छन् । समान पेन्सन लगायतका माग गर्दै उनीहरु अनसनमा बसेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *