माधव नेपालको नयाँ पार्टीमा वामदेव ‘अनुपस्थित’

काठमाडौं । एमालेबाट विभाजित भएर बनेको एमाले समाजवादी पार्टीमा वामदेव गौतम अनुपस्थित देखिएका छन् । उनले नेपाललाई साथ दिने आश्वासन दिएको भए पनि आज दर्ता भएको पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा उनको नाम छैन ।

गौतम पार्टीमा विवाद शुरू भएसँगै कहिले यता र कहिले उता गरिरहेका थिए । नेपाल समूह नयाँ पार्टी गठनका लागि कस्सिएपछि त्यसमा आफ्नो साथ रहने उनले बताएका थिए । तर, आज दर्ता भएको एमाले समाजवादी पार्टीमा उनी अनुपस्थित देखिएका छन् ।

नेपाल एकल अध्यक्ष रहेको पार्टीमा झलनाथ खनाल वरिष्ठ नेताको हैसियतमा छन् ।

Comments

One response to “माधव नेपालको नयाँ पार्टीमा वामदेव ‘अनुपस्थित’”

  1. khobaraj subedi Avatar
    khobaraj subedi

    मनकुनेले नयाँ पार्टि खोले सहभागी हुने प्रतिक्रिया दिएका वामदेव विचरा तेश्रो नंवरमा पर्ने भएपछि जाँदै गएनछन्,धोविको गधा घरको घाटको भने जस्तै पो भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *