यस्तो छ राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश, के-के फेरियो ? (राजपत्रसहित)

काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेश राजपत्रमा प्रकाशित भएको छ ।

राजपत्रमा प्रकाशित भएको अध्यादेशको व्यहोरा सञ्चार मन्त्रालय अन्तर्गतको मुद्रण विभागको वेबसाइटमा राखिएको छ ।

के के फेरियो ?

राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशले दफा ३३ मा संशोधन गरेको छ । सो दफामा रहेको ‘केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले’ भन्ने शब्दहरुको सट्टा ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको २० प्रतिशत वा सो भन्दा बढी सदस्य वा त्यस्तो दलको संघीय संसदको संसदीय दलको बीस प्रतिशत वा सो भन्दा बढी सदस्यले एकैपटक’ भन्ने शब्दहरु राखिएका छन् ।

त्यस्तै उपदफा २ मा २ (क) थपिएको छ । ‘(२क) उपदफा (२) बमोजिम छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनु भन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन’ थपिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *