काठमाडौं । माधव पक्षका केही नेता नयाँ दल दर्ताको प्रक्रियाबारे बुझेर निर्वाचन आयोगबाट फर्किएका छन् ।
राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री अर्याल होटल फर्किएका हुन् । केही बेरअघि उनीहरू निर्वाचन आयोग गएका थिए । झाँक्रीले नयाँ दल दर्ताका लागि निवेदन नदिएको बताइन् । ‘हामी केही कानूनी विषय बुझ्न गएका छौं । अहिले कुनै निवेदन दिइसकेका छैनौं’,आयोगबाट अर्याल होटल फर्किएपछि झाँक्रीले पत्रकारहरूसँग भनिन् ।
आयोगका एक पदाधिकारीले पनि अहिलेसम्म एमालेको कुनै पनि समूहबाट दल दर्ताका लागि आयोगमा निवदेन आइनपुगेको जानकारी दिए ।

Leave a Reply