महिला चेम्बर कार्यसमिति गठन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले महिला चेम्बर कार्यसमिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र मल्लले कार्यसमिति उपाध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा गठित नेपाल महिला चेम्बरका पदाधिकारी तथा सल्लाहकारहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।

नव गठित नेपाल महिला चेम्बरको महासचिवमा लिमा अधिकारी तथा कोषाध्यक्षमा चारु सिखारिया तथा सल्लाहकारहरुमा क्रमश अन्जना ताम्राकार, सान्ती लक्ष्मी शाक्य, निलम ताम्राकार, सोफी उपाध्याय, तथा सदस्यहरुमा क्रमस राजलक्ष्मी सिंह, जानकी प्रधान श्रेष्ठ, कोहिनुर श्रेष्ठ, स्वरुपा श्रेष्ठ, रज्जु तण्डुकार, विना प्याकुरेल, कल्पना देवि पिया श्रेष्ठ र अदिति गोयल रहेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हाशिल गर्न सकिने बताए । नव गठित महिला चेम्बरले महिला उद्यमशीलता विकास तर्फ ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *