जनकपुरधाम । साउन ३१ गतेदेखि हराइरहेकी सर्लाहीको लालबन्दी नगरपालिका– १७ की प्रियंका भुजेलको शव भेटिएको छ । मंगलबार राति घरदेखि करिब ३ किलोमिटरको दूरीमा रहेको कालिन्जोर खोलामा उनको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
बलात्कार गरी किशोरीको हत्या गरिएको आशंका स्थानीयको छ । तर प्रहरीले यसबारे केही बोलेका छैन । डिएसपी बुढाथोकीले घटनाको अनुसन्धान भइरहेको र हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको बताए ।
पक्राउ परेका दुवै जनालाई पत्रकार सम्मेलन गरी सार्वजनक गर्ने तयारीमा प्रहरी जुटेको छ ।
Leave a Reply