राष्ट्रपतिले अध्यादेश जारी गर्नु हुन्नः अग्नि खरेल (भिडियो)

काठमाडौं । नेकपा एमालेका नेता अग्नि खरेलले राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश स्विकृत गर्न नमिल्ने तर्क गरेका छन्।

पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलले दल विभाजन गर्ने यसअघि अध्यादेश आउँदा सार्वजनिक रुपमा राष्ट्रपतिमाथि प्रश्न उठाउने काम भएकाले अब राष्ट्रपतिले त्यही कामलाई दोहोर्याउन नमिल्ने तर्क गरे।

‘दल नै विमाजन गर्ने जस्तो काम यस अघि हुँदा खेरी त राष्ट्रपतिमाथि प्रश्न उठाइएको थियो,’ उनले भने, ‘जब सार्वजनिक रुपमा त्यो प्रश्न उठाइएको थियो भने अब उहाँले राजनीतिक दलहरुसँग बसेर छलफल गरेर मात्रै निष्कर्षमा पुग्नु आवश्यक हुन्छ ।’

दल विभाजन गर्ने घोर अप्रजातान्त्रिक, अलोकतान्त्रिक र असंवैधानिक कदम प्रधानमन्त्री शेरबहादुर देउवाले चालेको भन्दै त्यसलाई तत्काल सच्याउन सत्तारुढ दल नेपाली कांग्रेससँग उनले माग समेत गरे ।

केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा विरोध गर्नेहरुले अहिले प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेशलाई राम्रो भन्न नमिल्ने तर्क गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *