जसपाको निर्णय– प्रदेश सांसद कल्पना पाण्डेयको ठाउँमा निर्मला मुडभरी

रूपन्देही । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाकी समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारवाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ। पार्टीको कार्यकारिणी बैठकले कल्पनाको ठाउँमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले बताए।

लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये तीन जना कारवाहीमा परेका थिए। जसमा सन्तोष पाण्डेय र विजयबहादुर यादव प्रत्यक्ष निर्वाचित हुन् । कल्पना पाण्डेय समानुपातिक सूचीमा परेकी थिइन् ।

उनको ठाउँमा पार्टीले निर्मला मुडभरी भट्टराईको नाम पठाउने निर्णय गरेको हो। कारबाही परेकी सांसद पाण्डे अहिले गम्भीर रोगबाट थलिएर काठमाडौंमा उपचाररत छन् । उनीसहित कारबाही परेका ३ सांसदको मुद्दा अदालतमा विचाराधीन छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *